कपन कांग्रेसले बोलाएको बैठकमा कपनका दुवै माओवादी आएनन्

कपन  अनलाइनशंकरे डाँडोको बारेमा कपन कांग्रेसले बोलाएको  बैठकमा कपनको एमाओवादी र माओवादी दुवै दल आएनन् । शंकरे डाँडोमा गाविस बनाउन भनेर खार्दा स्थानीयले अबरोध गरेपछि सो विषयमा कपन कांग्रेसले ठोस कुरा नगरेको भनेर आरोप लागेपछि त्यो विषयलाई चिर्न बैठक बोलाइएको थियो । निर्माण समितिका अध्यक्षसमेत रहेको एमाओवादी कपनका अध्यक्ष शिव वजगाईलाई बैठक सुरु भएपछि पटकपटक फोन गर्दा पनि उनी आएनन् । त्यसैगरी माओवादीका पनि कोही प्रतिनिधि उपस्थित नभएपछि  बैठक चले पनि निष्कर्षहिन सकिएको थियो ।

 

मिठाराम पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी भने समयमा नै बैठकमा उपस्थित भएका थिए । कपन १ स्थित ओस्कार स्कूलमा भएको कार्यक्रममा उनले पाटीहरु  मिलेर तथा शंकरे डाँडाका स्थानीयहरुलाई मिलाएर समस्याको समाधान खोज्नु पर्ने बताएका थिए । अधिकारीले शंकरे डाँडोबाट गाविस भवन सार्ने भन्ने कुरा नउठाउन सबैलाई आग्रह गर्दै कसरी त्यो डाँडाको सुन्दरता बच्छ सम्भावना खोज्दै भवन बनाउन निर्माण समितिलाई अनुरोध गरे । बल्लबल्ल आएको बजेट सानो विवादको कारण खेर नजाओस् भन्दै उनले विकास निर्माणका कुरामा विवाद निकाल्ने कपनको पूरानो रोगलाई हटाउन पनि अनुरोध गरे ।

 
बिनोदबैठक आयोजकका तर्फबाट बोल्दै नेका कपनका सभापति विनोद चालिसेले नेका कपन, भवन निर्माण समितिले गरेको निर्णयप्रति अटल रहेको बताए । उनले निर्माण समितिले स्थानीयसँग छलफल नगर्दा यो समस्या आएकोले स्थानीयसँग बसेर समस्या समाधान खोज्नु पर्ने बताएका थिए । गाविस भवन सोही ठाउँमा निर्माण गरिनु पर्ने बताउँदै चालिसेले सबै पार्टीका मानिसले स्थानीयसँग बिबेकपूर्ण हलको खोजीमा जुट्नु पर्ने बताए ।

 

 

ध्रुवबैठकको अन्तिमतिर आइपुगेका कपन एमाले अध्यक्ष ध्रुवराज न्यौपानेले साझा विकासका अवधारणामा बिरोध आउनै बित्तिकै पछि हट्नु पछिपछिको लागिसमेत गलत नजिर बस्ने भएकोले विकासको काममा अगिड भएर अगाडि बढ्नु पर्ने बताए । उनले कपनकै केही पार्टीका व्यक्तिहरुले स्थानीयलाई उकासेको आरोप लगाउँदै बैठकमा एउटा कुरा अनि बाहिर आएर अर्काे कुरा गर्ने प्रवृतिले शंकरे डाँडो समस्या बनेको बताए । एमाले अध्यक्षले यदि हाल शंकरे डाँडोमा गाविस भवन बनाउन खारिएको ठाउँबाट स्थान परिवर्तन गर्ने हो भने गाविस भवन शंकरे डाँडोमा नै बनाउनै पर्छ भन्ने केही नभएको पनि बताए ।

 

कपन गाविसका सचिव लोमस आचार्यले मिलेर समस्याको समाधान खोज्न सबैलाई आग्रह गरेका थिए । विकासको काममा कसैबाट अबरोध हुन नहुने बताउँदै आचार्यले राजनीतिक दलहरु सकारात्मक सोचका साथ एक हुन अनुरोध गरे । बैठकमा बोल्दै वडा नं. ६ का वडा नागरिक मञ्चका अध्यक्षक केदार खड्काले त्यस ठाउँमा भएको सार्वजनिक जग्गालाई फेरि एकपटक नापजाँच गरेर शंकरे डाँडोका सुन्दरता पनि नबिग्रिने र गाविस भवन पनि बन्ने किसिमले अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा टंक सापकोटा, श्याम डोटेल, रामप्रसाद लुइँटेल, मुरारी भण्डारीलगायतका व्यक्तिहरुले आआफ्नो धारणा राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।