खारिएको शंकरे डाँडा पुरियो, अब गाविस भवन कता बनाउने भन्ने अन्यौल

कपन अनलाइनकपन गाविस को भवन निर्माण निर्माणमा विवाद आए पछि गाविस भवन बनाउने भनेर खनिएको शंकरे डाडो आज पुरिएको छ । यो  विवादसँगै  गाविस भवन बनाउने कार्य पनि अन्योलमा परेको छ । कपन गाविसले सुविधा सम्पन्न भवन निर्माण गर्नलाई शंकरे डाँडा खारिएको तेस्रो दिन हिजो स्थानीयहरूले गाविस भवन घेराउ सहित विरोध गरेका थिए । निर्माण कमिटिको बिभिन्न बैठकले निर्णय गरि हाल गाचिस रहेको ठाउँको उत्तपट्टिको क्षेत्र भवन निर्माणको स्थान चयन गरिएको थियो । उक्त निर्णयलाई उल्टाउँदै हिजो स्थानीयहरूले गाविस भवन घेरे पछि निर्माण समिति र सर्वदलीयले उक्त स्थान पुर्ने निर्णय गरेको हो ।

 

बिचार नर्पुयाई काम गर्दा पुर्ने र खन्ने नाममा गाविसको करिव पाँच लाख रुपैया पाँच दिन मै स्वाहा समेत भएको छ । विरोधगर्नुको कारण के हो ? स्थानीयहरू गाविस भवन बनाउने कुरासँग भन्दा पनि सांस्कृतिक, मौलिक र प्राकृतिक धरोहर मासिएकोमा चिन्तित थिए ।  अहिले गाविस भवन भएको स्थान भन्दातल रोडदेखि नखारी मनोमानी ढंगबाट डाँडोमाथिबाट खन्न सुरू गरिएकामा उनीहरूको धारणा थियो ।  तर गाविस सचिव लोमस आचार्य  भने गाविस भवन भएको स्थान भन्दातलको रोड देखि खार्दा रोड बाट करिब १५ मिटर भित्र भवन निर्माण गर्नु पर्नी मापदण्ड भएको र मापदण्डभित्र आउँदा र पार्किंग छोड्दा भवन करिब करिब आहिलेको गाविस भवन संगै आउने भएकोले तेसो गर्नुभन्दा अहिले कार्यालय नसरि येसैमा बसेर कार्य गर्नका लागि  यो स्थानमा भवन निर्माण गर्ने योजना एकवर्ष पहिला गरिएको बताउँछन् ।

 

कपन गाविसले करिब १ वर्ष अघिदेखि नै यहीँ ठाउँमा भवन निर्माण गर्ने सार्वजनिक गरि आफ्नु वार्षिक कार्यक्रममा २०६८/६९ मा रु २५ लाख रुपैया र० ७०/७१ मा ९ लाख गरि ३४ लाख रुपैया छुट्टाइ सकेको छ । त्यसैगरि  शान्ति तथा पुनर्निर्माण मन्त्रालयले ०६९/७० रु ५ लाख र ०७०/०७१ मा तीसलाख रुपया दिने निर्णय गरि जिविस मार्फत गाविस र मन्त्रालयको रकम जम्मा गरि कुल ६९ लाखको ठेका आव्हान गरि घाटाघटमा ४४ लाख रुपैयामा काम गर्ने गराउने सम्झौता ठेकदारलाई दिइएको अवस्थामा यो विवाद उत्पन्न भएको हो ।  यो विवादले भवन निर्माण प्रकृयालाई अनिश्चिततातिर धकेलेको छ ।

 

श‌ंकरे डाँडा खन्ने र पुर्ने कामसँगै अब कपन गाविसको भवन डाँडाबाट फाँट ल्याउनु पर्ने माग पनि दवाबको रुपमा उठ्ने भएको छ । धेरै जनसंख्या भएको ठाउँमा गाबिस भवन बनाउन सकियो भने त्यसले जनतालाई अझै सहज हुने भन्दै गाविस भवन तल सार्न दवाब समूह गठन हुने भएको हो । दवाब समूहले १ र ३ नं. वडालाई मध्यनजर राखेर गाविस बनाउन पहल स्वरूप डेलिगेसन जाने तयारीमा रहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।