युवासंघ काठमाण्डु अधिवेशन; ओली नेपाल गुटको परीक्षा

कपन अनलाइन५ कार्तिक, २०७१

युवासंघ नेपाल काठमान्डौ जिल्ला कमिटीको आठौ जिल्ला अधिवेसन  आज देखि तीनकुने को एक पार्टी प्यालेस मा सुरुभएको छ ।  आज  उद्योग मन्त्रि  महेश बस्नेतले एक समारोहबीच  अधिवेशनको उद्घाटन गर्दै समयमानै संविधान जारी  गर्ने  बताए । मन्त्रि बस्नेतले  देशलाइ औधोगिक क्रान्तिमा लैजाने कुरा बताए ।   युवा संघको  यस अधिवेशनले आगामी कार्यकालका लागि  नयां  नेतृत्व  चयन गर्ने  रहेपनि नया नेतृत्व को चयन भने सहज देखिएको छैन । आज  बिहानै  देखि  विभिन्नखाले औपचारिक तथा  अनौपचारिक  छलफल चले पनि  साझा  उमेदद्वार  खोज्ने प्रयासहरू असफल भएका छन् ।  साँझ पाचै बजे औपचारिक कार्यक्रम सकिएपनि राति अबेरसम्म   अधय्क्ष मण्डलको गठन प्रक्रिया  र अध्यक्ष  मण्डल को अध्यक्ष को बस्ने जस्ता विवादहरु  निकाल्दै दुवै पक्षबिच  सहमति बन्न नसक्दा  निर्वाचन प्रक्रिया रोकिएको छ ।

739836_442444605809289_75036765_o

को को ले दिँदै छन उमेद्द्वारी ?

अहिले  सम्म सार्वजनीक  गरिएका प्रतिनिधिहरुमा  अध्यक्षमा केपी ओली प्यानल बाट पेम्बा  घले र  नेपाल प्यानल बाट नितेश पौडेलले उमेद्द्वारी प्रस्तुत  गर्दैछन ।   सातौँ अधिवेसानमा पनि  अध्यक्ष पदका आकाङ्क्षी रहेका पेम्बा घले यस् पाला भने  केन्द्रीयस्तरको  आशिर्वाद प्रप्दा गरेको  कारण  जसरी पनि  अधयक्ष बन्ने  तयारीमा रहेका छन । पार्टी कमिटीका  महासचिव इश्वर पोखरेल नजिक भनेर चिनिएका घलेले   नेपाल प्यानलका  नितेस लाइ  कडा चुनौती  दिने देखिन्छ ।

 

कम छैन् नितेस पौडेल पनि !

राजनीतिक तथा कुटनीतिक वृतका    जानकार तथा  कार्यकर्तासंग सजिलै घुलमिल हुनसक्ने  गुणभएका नितेश लामो समय देखि  माधवकुमार नेपालका निजि सहयोगीका रुपमा कार्यरत छन।   माधवकुमार नेपालको  नजिक भएकै कारण बिभिन्न  नेता तथा कार्यकर्ताहरुकाबीच  राम्रो सम्बद्ध सिथापित  गरेका कारण  उन्को उम्मेदवारीलाई    चानचुन आकलन गर्न नसक्ने बताइन्छ । एक प्रतिनिधिले भने,  नितेश  भान्जा भएका कारण पनि  मामा नेपालको सहयोग दरिलो प्राप्त हुन्छ ।

 

महत्वका साथ हेर्दै केन्द्र

निकट भविष्यमामनै हुन लागेको  पार्टीको काठमाडौँ जिल्ला सम्मेलनलाइ मध्यनजर गर्दै आफ्नु गुठ बलियो देखाउने अवसरको रुपमा यस अधिवेशन लाइ लिएको देखिन्छ ।  बिगत लामो समय देखि केपी प्यानल भनेर चिनिएका निर्मल कुइकेल  आउदो  जिल्ला अधिवेशनबाट विदा हुदैछन ।  आफ्नु गुटलाई जोगाइराख्नको लागि पनि ओली प्यानल  लागिपरेको देखिन्छ भने   लामो समय देखि  काठमाडौँ मा डेरा जमाएर बसको  ओलीको  गडलाइ  नेपाल समुहले  नितेशको विजयलाई   आफ्नु उपस्थितिको रुपमा देखाउन चाहेको छ ।

तपाइँको प्रतिक्रिया ।