अब सरकारी कार्यालय १२ घण्टा, दुई सिफ्टमा ड्युटी

कपन अनलाइन६ मंसिर, २०१७

सरकारी कार्यालयमा दिनानुदिन बढ्दै गएको भीडका कारण मन्त्रीपरिषद्को बैठकले सार्वजनिक सेवालाई सहज, चुस्त र दुरुस्त बनाउन दैनिक १२ घण्टा कार्यालय खोल्ने निर्णय गरेको छ । दैनिक १२ घण्टा खुल्ने कार्यालयहरूमा नापी विभाग, मालपोत, श्रम, राहदानी, विद्युत्, खानेपानी जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूको समय बढ्ने निर्णयसँगै जनता यस निर्णयको कार्यान्वयनको प्रतिक्षामा छन् । कार्यालय समय कम हुने र दैनिक कार्यमा व्यस्त जनताहरूबाट पटक पटक कर्मचारीहरूले घुस लिँदै काम गरेको समाचारहरू प्रकाशनमा आएका छन् । बिहान ४ बजेदेखि गएर १० बजे खुल्ने परराष्ट्र मन्त्रालयको गेटमा लामबद्ध सर्वसाधारणलाई यो निर्णयले हौस्याएको छ । निर्णयको छिटोभन्दा छिटो कार्यान्वयन भएमा यातायात, श्रम, परराष्ट्र, भूमिसुधार, मालपोतजस्ता कार्यालयहरूमा हुने भीडभाडले वाक्क नेपाली जनतालाई केही सहुलियत दिन सक्ने स्रोतले बताएको छ ।

sealबढ्दो बेरोजगारी समस्या घट्न सक्ने

सरकारी कार्यालयको सेवा अवधि १२ घण्टा बनाए सँगै देशमा रेहका ८६ हजार निजामती कर्मचारीले मात्र अपुग हुने हुँदा निकट भविष्यमा कर्मचारी थपिने सङ्केत देखिएको छ । १२ घण्टा सरकारी कार्यालय खुल्नका लागि दुई सिफ्टमा कर्मचारी आवश्यक हुने हुँदा निजामती कर्मचारी थप गर्नुपर्ने भार सरकारको काँधमा आइपरेको छ । देशमा बढ्दै गएको बेरोजगारीलाई घटाउन यस कदमले मद्दत पु¥याउने जानकारहरू बताउँछन् । वर्षेनि लोकसेवा आयोगले निजामती कर्मचारीको माग गर्दै आएपछि यो निर्णय कार्यान्वयन भएपछि साबिकभन्दा धेरै संख्यामा कर्मचारी थपिने निश्चित छ । वर्तमान अवस्थामा पनि कूल जनसङ्ख्याको शुन्य दशमलव ४३ प्रतिशत कर्मचारीले झण्डै तीन करोडको हाराहारीमा रहेका नेपाली जनतालाई सेवा दिँदै आएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।