अभिनयबाट टाढा रहनमा खुशी जोली

कपन अनलाइन६ मंसिर, २०७१

हलिउडकी चर्चित हिरोइन एन्जेलिना जोली आफू लामो समय अभिनयको दुनियाँमा रहन नचाहेको खुलाएकी छिन् । एक फिल्मी पत्रिकाले हिरोइनको रुपमा सफलता हात पारेकी जोली एक्कासी अभिनयबाट टाढा हुन किन चाहँदैछिन् भन्ने जिज्ञासा राख्दा उनले भनिन्, “मलाई अभिनय कहिल्यै सहज लागने किनकि म आफूलाई लामो समय क्यामेराको अगाडि रहन असहज लाग्छ ।” उनले आफू निर्देशक बन्न सक्नेमा विश्वास नरहेता पनि हिरोइन भन्दा निर्देशक बन्न चाहना रहेको बताइन् । आफू निर्देशक बनेमा सबैभन्दा खुशी हुने हुँदा त्यो सपना पूरा हुनेमा भने उनी आशावादी रहेको जानकारी गराइन् ।

Angelina Jolie

आफू पछिल्लो समय अभिनयमा भन्दा निर्देशनमा बढी लगाव र ध्यान दिँदै आएको बताएकी जोलीले आफ्ना पति ब्राड पिटका साथ सन् २०१५ “बाइ द सी” फिल्म देखिने बताएकी थिइन् । उक्त फिल्मको लेखन र निर्देशन पनि स्वयं जोलीले नै गरेकी हुन् । उनले फिल्म निर्देशनको पाइला चाल्दा आफू जस्तोसुकै परिस्थिति आइपरे पनि त्यसको सामना गर्ने तयार रहेको उनी निकट स्रोतहरूले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।