चेकिङमा किस, नो बिलबुक लाइसेन्स

15336कपन अनलाइन२०७१, मंसिर ५

सुन्दा अचम्म लाग्न सक्छ ट्राफिक चेकिङमा बिलबुक, लाइसेन्सको सट्टा किस मागिन्छ भनेर । तर यो कुनै काल्पनिक कुरा नभई डिल्लीबजारको चेकिङमा एक युवतीले भोग्नुपरेको व्यथा हो । ट्राफिक चेकिङमा सवारीचालक र सवारीको कागजपत्र हेर्नुपर्ने ठाउँमा किस मागेपछि उक्त प्रहरी निलम्बनमा परेका हुन् ।
बेलुकाको समयमा मापसे चेकिङ गर्ने क्रममा सोमबार प्रहरीका असइ पुरुषोत्तम ढकाल युवतीसँगको किस मागेकै कारण जागिरबाट निलम्बनमा परेका हुन् । सवारीको कागजात चेक गर्ने क्रममा युवतीसँग केही नभएपछि किस दिए कारवाही नगरी छाड्ने भन्दै उनले युवतीलाई दुव्र्यवहार गरेका थिए । स्रोतका अनुसार असइ ढकालले कारवाहीस्वरूप किस दिन भनेका र युवतीको नम्बर लिएर रातिको समयमा पटक पटक फोन गरेका कारण युवतीले उनीमाथि उजुरी दिएकी थिइन् । यता असई ढकाल भने युवतीले आफूलाई जिस्काउँदै उल्टो फसाउने कार्य गरेको बताएका छन् ।

(फोटो साभारःड्रिम्ससंसार डट कम)

तपाइँको प्रतिक्रिया ।