कसै गरे पनि छुट पाएनन् रामपालले

68703137-maxresdefaultjpgकपन अनलाइन५ मंसिर २०७१

हत्या अभियोग लागेर पटक पटक अदालतले बोलाउँदा समेत वेवास्ता गर्दै बसिरहेका भारतका विवादास्पद धर्मगुरु रामपाललाई अन्ततः प्रहरीले उनकै आश्रमबाट बुधबार नियन्त्रणमा लियो । मंगलबारदेखि नियन्त्रणमा लिन प्रयासरत प्रहरी टोलीलाई उनका समर्थकहरूले ढुंगामुडा गर्दै आश्रम प्रवेश गर्न दिएका थिएनन् । उत्तरी भारतको हरियाना राज्यमा रहेको आश्रममा बस्दै आएका ६३ वर्षका स्वघोषित गुरु रामपालले प्रहरीबाट बच्न हजारौँ समर्थकहरू जम्मा गरेर बसेका थिए । सन् २००६ को हत्याका आरोपी रामपाललाई पटक पटक अदालतले बोलाउँदा समेत उपस्थित नभएको हुँदा अवहेलनाको आरोपमा गिरफ्तारीको आदेश दिएको थियो । उनले बरवाला शहरमा रहेको सत्लोक आश्रममा सर्वसाधारणलाई जम्मा गरि आफ्नो गिरफ्तारीको विरुद्धमा उभ्याएका थिए ।

293779-hisar-700-3रिपोर्टहरूले बताए अनुसार मंगलबारको प्रयासमा प्रहरीले रामपाललाई पक्रिन असुर ग्याँस प्रहार र बुल डोजर प्रयोग गर्दा समेत उनका समर्थकहरूले प्रहरीसमक्ष ढुंगामुडा गर्दै आगजनी समेत गरेका थिए । भारतीय टेलिभिजन च्यानलहरूले घाइते प्रदर्शनकारीहरूलाई प्रहरीको गाडीमा लगिएको दृश्य देखाएका थिए ।

रामपालको निजी वेवसाइटमा राखिएको सूचना अुनसार उनले डिप्लोमा इन इन्जिनियरिङ गरेर हरियानाको एक सिँचाइ विभागमा जुनियर इन्जिनियरको रुपमा काम गर्दै आफ्नो करिअर सुरुवात गरेका थिए । एक किसानका छोराको रुपमा जन्म लिएका रामपालले बाल्यावस्थादेखि नै धर्मकर्ममा रुचि राख्थे । सन् १९९४ तिर उनी मानिसहरूलाई भेला गराएर धर्मका विषयमा तर्कहरू राख्ने गरेको बताइएको छ । उनको धर्मकर्म प्रतिको मोह बढ्दै गइरहँदा सन् १९९९ मा सरकारी जागिर राजीनामा दिएर सत्लोक आश्रमको स्थापना गरे ।

अहिलेको अवस्थासम्म आइपुग्दा उनका अनुयायीको संख्या दश हजार नाघेको छ । उनको वेवसाइटमा भनिएको छ, “मानिसहरूले जाँड, रक्सी, चुरोट, बिँडी, माछा, मासु सबै छोडेर र सामाजिक कुरीतिका रुपमा मूर्ति पूजा, व्रत बस्ने जस्ता प्रथाहरू त्यागेर उनको भत्त भएका छन् ।”

उनको वेवसाइटमा भनिएको छ, “भगवान्ले आफ्नो अवतारलाई हरियानामा स्थापना गर्नुभएको छ ।” त्यसका अलावा उनको वेवसाइटमा रामपालको विरूद्धमा अहिलेसम्म उठेका मुद्दाहरू जग्गाको किर्ते खरिद, भत्तहरूसँगको द्वन्द्व र अर्को आश्रमका भक्तलाई मारिएको भनेर गलत प्रचार गरिएको भनेर प्रस्टाइएको छ । उनको वेवसाइटमा उनका प्रत्यक्ष प्रवचनहरू र अनेकौँ धार्मिक ग्रन्थहरू राखिएको छ ।

 

Godman_Rampal_650_Panchkula_hospital_ward_650_20Nov14
“परिवारसँग मतदेभद भएका र विविध रोगका कारण ग्रसित हजारौँ बिरामीहरूले पुनर्जीवन पाएका छन् ।” उनले दाबी गरे ।
“सोमबार भएको उक्त घटनामा रिपोर्टिङ गर्न गएका पत्रकारहरू समेत घाइते भएका छन्” एक अधिकारीले बताए । हरियाना र पञ्जाबको उच्च अदालतले रामपाललाई अदालतमा उपस्थित हुन सोमबारसम्मको अन्तिम समयसीमा दिएको थियो । रामपालले आफू बिरामी भएका कारण २५० किलोमिटर टाढाको चन्द्रिगढमा रहेको अदालत जान आफू नसक्ने भनी अदालतको आदेशको अस्वीकार गर्दै आएका थिए । तर वकिलहरूले भने सरकारले आफ्नो इच्छाशक्तिमा कमि ल्याएर उनलाई त्यत्तिकै छाड्न नमिल्ने बताएका छन् । उनीहरूले उनलाई शुक्रबारसम्म जसरी भए पनि अदालतमा ल्याउनुपर्ने जनाएका छन् ।

भारतमा पटक—पटक धर्मगुरुहरू विवादमा पर्ने गरेको कारण यो पहिलो घटना भने होइन । यसअघि पनि धर्मगुरुहरू आफ्नो अकूत सम्पत्ति, यौनजन्य हिँसामा अग्रसर, बलात्कारमा मुछिएका कारण पटक पटक चर्चामा आउने गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।