राजनीतिक दलहरूका कारण नरेन्द्र मोदीको नेपालको तीर्थ यात्रा रोकियो

कपन अनलाइन२०७१, मंसिर ५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउने कुराले राम्रै हलचल ल्याएको छ । कहिले त उनी आउने रुटको कुरा, कहिले उनको अभिनन्दनको कुरा त कहिले उनको सुरक्षा सतकर्ताको कुरा । पछिल्लो समय उनको जनकपुरमा अभिनन्दनको विषयलाई लिएर नेपाल सरकार र त्यहाँका जनताबीच कचिलो उत्पन्न भएको थियो । एकातिर भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधी आफैँ जनकपुर गएर अभिनन्दन गर्ने कार्यक्रम रहेको थियो भने अर्कातिर २२ दलीय मोर्चामा आबद्ध मधेशी कार्यकर्ताले छुट्टै स्थानमा स्वागत तथा अभिनन्दन तथा स्वागत गर्ने कार्यक्रम तय गरेका थियो । यत्रो घमासान पौँठाजोरी भएको जनकपुरमा अन्ततः नरेन्द्र मोदी नजाने समाचार परराष्ट्र मन्त्रालयले भारतीय राजदुतावसलाई उद्धघृत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यालयलाई दिएको छ । जनकपुरमा मोदीलाई स्वागत गर्ने जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मोदीको जनकपुर भ्रमण रद्द गरिएको जनाएको छ । तर उक्त विज्ञप्तिमा अन्य ठाउँको भ्रमणको बारेमा भने केही खुलाइएको छैन ।

1459087_10154923238880165_3561581223612942604_n

विज्ञप्तिमा २२ दलीय मोर्चाले स्वागत र अभिनन्दनको विषयलाई लिएर गरेको किचलोका कारण मोदी जनकपुर नजाने हुनसक्ने बताइएको छ । पटक पटक २२ दलीय मोर्चाले सुरक्षा घेरा तोड्ने धम्की र जिल्ला कार्यालय अगाडि नाराबाजी गरेका जस्ता क्रियाकलापले सुरक्षा संवेदनशीलताका कारण मोदीले भ्रमण रद्द गरेको आशंका गरिएको छ । विज्ञप्तिमा अन्तराष्ट्रिय पाहुना आउन लाग्दा २२ दलीय मोर्चाका कार्यकर्ताले यस किसिमको अराजक गतिविधी गरिहेको कुराको भत्र्सना गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।