भोलि मंसिर ६ गते किमाथांका रिर्सोटमा कसारको कवि गोष्ठी

1-nbannerकपन अनलाइन२०७१, मंसिर ५

कपनमा नियनित रुपमा साहित्यिक गतिबिधि गर्नका लागि गत महिना  स्थापना भएको  ‘कसार’ को पहिलो कार्यक्रम भोलि मंसिर ६ गते बिहान हुनेछ । कपन अनलाइन सहआयोजक रहेको ‘कसार’ कार्यक्रम नियमितरुपमा  कपन–२ को किमाथांका रिसोर्टमा हुनेछ ।

हरेक महिनाको पहिलो शनिबार बिहान ‘कविता वाचन’ गर्ने योजना अनुरुप स्थापित कसार कार्यक्रम कपन अनलाइनसहित आधारशीला कपन, कपन संगीत सरोवरले अयोजना गरेको हो । नियमति रुपमा साहित्य, कला र रंगमंचका गतिबिधि सञ्चालन गर्ने ध्ययका साथ सुरु गरिएको यस कार्यक्रमलाई किमाथाँका रिर्सोटले स्थान तथा प्रायोजन गरेको छ । ‘कसार’ कार्यक्रमका संयोजक विसुकुमार के.सी. हुने भने सदस्यहरू ६ जना रहेका छन् । मंसिर ६ गते बिहान ८.०० देखि ९.१५ सम्म संचालन हुने कार्यक्रममा आफ्ना रचनासहित वा कार्यक्रम हेर्न आइदिन हुन कपन अनलाइन सबैलाई हार्दिक निमन्त्रणा गर्दछ ।

तपाइँको प्रतिक्रिया ।