कपनकै उत्कृष्ट शैक्षिक गन्तव्य बन्न खोज्दै साम्तेन एकेडेमी

10428598_758610034193421_6454210113581562055_nकपन अनलाइन५ मंसिर, २०७१

कपन—२ मा रहेको साम्तेन मेमोरियल एजुकेसन एकेडेमी कपनकै गुणस्तरीय शिक्षाका लागि चिनिन चाहेको विद्यालयका प्रिन्सिपलले बताएका छन् । प्राकृतिक वातावरण, राम्रो र प्रभावकारी शिक्षाका लागि साम्तेन मेमोरियलले विविध कार्यहरू गरिरहेको प्रिन्सिपल शक्ति नेपालले कपन अनलाइनसँगको एक भेटमा बताए ।

राम्रो शिक्षा र शैक्षिक वातावरणको लागि कपनमा  सर्वोत्कृष्ट गन्तव्य  नभएकोले साम्तेन मेमोरियललाई सर्वोत्कृष्ट  नाउन खोजिएको हो, उनले प्रस्ट्याए ।  सर्वोत्कृष्ट कसरी बन्छ त ?  शिक्षालाई अनावश्यक पेशा वा व्यवसायको नाममा कमजोर नबनाउने र प्रभावकारी शिक्षामा क्रियाशील रहने हो भने त्यो यस भेकको सर्वोत्कृष्ट विद्यालय बन्छ, नेपालले भने । त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरमा स्वर्णपदक विजेता नेपाल भन्छन्, मुख्य कुरा विद्यार्थीलाई पढ्न मन लाग्ने वातावरण नै हो । हामी त्यही वातावरण बनाउँदैछौँ । कपन–२ मा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमी अहिले कक्षा ७ सम्म अध्ययन गर्न पाउने कक्षाकोठा, होस्टलसहित सञ्चालित छ ।

तपाइँको प्रतिक्रिया ।