सिने नगरीमा चमक्दै ओम क्षेत्री

कपन अनलाइन  मङ्सिर  ३ 

बद्री भट्टराई / नेपाली चलचित्रहरुको प्रदर्शन, यसको बजार र लोकप्रियताका बारेमा आम दर्शकहरुको आफ्नै किसिमको तर्क रहेको पाईन्छ । कसैले गुणस्तरीयको विषयमा कुरा उठाउछन कसैले आफ्नोपनको अनि कसैले नेपाली चलचित्र हेरेपछि मात्र त्यसबारेमा धारणा बनाउने पर्ने बताउछन। यी फरक फरक मतहरुका विचमा पनि नेपाली चलचित्रहरु आफ्नो रफतारमा अगाडी बढिरहेका छन। साथै कलाकारहरु पनि यस क्षेत्रमा भविष्य मजबुत बनाउन लागिपरेका छन । महानायक राजेश हमाल र श्रीकृष्ण श्रेष्ठ संगै शिव श्रेष्ठको अभियनबाट प्रभावित भई नेपाली चलचित्रमा प्रवेश गरेका नवनायक हुन ओम क्षेत्री ।

 

नायक ओम क्षेत्रिका साथमा  नायिका बिनिता घिमिरे / कपन अनलाइन फाइल फोटो
नायक ओम क्षेत्रिका साथमा नायिका बिनिता घिमिरे / कपन अनलाइन फाइल फोटो

आफ्नो परिश्रम र निरन्तरतालाई सफलताको पाईला मान्दै अघिबढिरहेका नवनायक क्षेत्री आफु एकदिन नेपाली चलचित्रको क्षेत्रमा फरक पहिचान बनाएर छोड्ने अभियानमा छन । कपन अनलाईन संगको एक बसाईमा उनले भने आफु यस क्षेत्रमा नयाँ भएपनि छोटो समयमा धेरै अनुभव गरेको बताउछन । चाकरी र पैशाका भरमा चलचित्रमा अभियन गर्न सजिलो हुने तर आफ्नो काममा ध्यान दिने हरु भने केहि पछाडि रहेका तितो अनुभव उनले सुनाए ।
करिब दर्जन भन्दा बढि म्युजिक भिडियो तथा चलचित्रमा अभियन गरिसकेका ओम क्षेत्रीका प्रदर्शनका तयारीमा रहेका चलचित्रहरु तरङ्ग, कस्तो टेन्सन, र कसिङग्र हरु रहेका छन ।
कम बोल्ने र कम नै हास्ने तर सहयोगी भावना भएका ओम क्षेत्री लाई उनका मित्रहरुले अजय देवगनको संज्ञा समेत दिने गरेको बताउदै उनले भने मलाई यसो भनेर मान गरेको वा अपमान वा व्यङ्ग गरेको आफैलाई थाहा नभएको समेत बताए ।
तर जे होस नेपाली चलचित्रको क्षेत्रमा आफनो परिश्रम बाट र दर्शकको मन जितेर स्थापित हुने खोज्ने विचारलाई भने सम्मान गर्नेपर्छ । आफु एक स्टन्टम्यानको रुपमा चिनिने र नेपालको सिनेजगतमा आफ्नो फरक पहिचान बनाउन जस्तोसुकै भुमिकालाई यर्थाथमा उतारेर आमदर्शकको मन जित्ने प्रयास रहिरहने बताउदै कफि गफका लागि कपन अनलाईनलाई धन्यवाद समेत दिन भ्याए नवनायक ओम क्षेत्रीले ।

तपाइँको प्रतिक्रिया ।