युवा संघ जिल्ला सम्मेलनमा गुटबन्दी सुरु

कपन अनलाइन३ मङ्सिर , २०७१

नेकपा (एमाले) को प्रमुख भातृ संगठन युवासंघ नेपाल काठमाडौँको सम्मेलन यही मंसिर ५ गते काठमाडौँको तिनकुनेमा हुँदैछ । पार्टी अध्यक्ष के.पी. ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रमको सबै तयारी पूरा भएको बताइएको छ । हाल छनौट भएका प्रतिनिधीहरूको प्रमाणीकरण चलिरहेको छ । यो सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने भएकोले चुनावी सरगर्मी पनि बढेको देखिन्छ । महाधिवेशनमा काठमाडौँ जिल्लाभरिबाट जम्मा ४१५ प्रतिनिधीले भाग लिनेछन् । महाधिवेशनको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको निकट स्रोतले बतायो ।

yuwa

भर्खरै सम्पन्न पार्टीको नवौँ महाधिवेशनकै शैली युवासंघको जिल्ला तहसम्म आउन लागेको देखिएको छ । पार्टीको नवौँ महाधिवेशनमा के.पी. ओली र वामदेव गौतम तथा माधव कुमार नेपाल र झलनाथ खनालको प्यानल चुनावी मैदानमा उत्रेको थियो । स्रोतको अनुसार अध्यक्षमा के.पी. ओली पक्षधर तर्फबाट पेम्बा घले तथा माधव नेपाल पक्षधरबाट नितेश पौडेल मैदानमा उत्रने तयारीमा छन् । अघिल्लो महाधिवेशनबाट पेम्बा घले उपाध्यक्ष तथा नितेश पौडेल सचिव पदमा चुनिएका थिए । हालसम्मको स्थितिमा नितेश पौडेलको सम्भावना बढी देखिएको बताईएको छ । कूल ४१५ प्रतिनिधी सहभागी हुने सम्मेलनमा नितेश पौडेल ८० मतले अगाडि रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कपनमै बसोबास गर्ने काठमाण्डु युवा सघका अध्यक्ष निरन्जन नेपालले सर्वपक्षीय सहमतिको संभावना खोजिएको जानकारी गराएका छन् । तथापि नवौँ महाधिवेशनमा देखिएको ओली र नेपालको समूहको चिरा युवासंघमा राम्रै देखिने जानकारहरू बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।