दशरथ रङ्गशाला कपिलले कार्यक्रम गर्ने

कपन अनलाइनमंसिर ३, २०७१

कलर्स टेलिभिजनबाट प्रसारण हुने चर्चिच भारतीय कमेडी सिरियलका ‘कमेडी सर्कस विथ कपिल’का कार्यक्रम संचालक कपिल शर्मा एनसेलले आयोजना गर्न लागेको ‘एनसेल पर्पल फेस्ट’ को उपलक्ष्यमा दशरथ रङ्गशालालाई कमेडी सर्कस बनाउन नेपाल आउने भएका छन् ।

1-165991-kapil-sharma-650
कपिल शर्मा (तस्वीरः एजेन्सी)

 

एनसेलले यही मंसिर २७ गते दशरथ रङ्गशालामा आफ्ना ग्राहकहरूलाई मनोरञ्जन दिने उद्देश्यले ‘एनसेल पर्पल फेस्टि’ आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा स्वदेशी र विदेशी कलाकारहरूको बेजोड सांगीतिक र मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् ।
कार्यक्रममा कपिलसँगै भारतका लोकप्रिय गायक सोनु निगम पनि आउने जनाइएको छ । त्यसका अलावा स्वदेशी कलाकारहरू, गायक र ब्याडको प्रस्तुति रहने एनसेलले जनाएको छ । उक्त कार्यक्रमका लागि एनसेलले काठमाडौँ उपत्यकाभित्रका तोकिएका ठाउँबाट टिकट लिन सकिने जनाएको छ भने एनसेलको डाटा प्याकेजको खरिदमा प्रवेश निःशुल्क पाउने पनि भनिएको छ । एनसेलले यसअघि पनि विभिन्न सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै आएको थियो ।

तपाइँको प्रतिक्रिया ।