प्रेट्रोलियम पर्दाथको मूल्य अझै घट्न सक्ने

प्रेट्रोलियम पर्दाथको मूल्य अझै घट्न सक्ने

कपन अनलाइन२०़७१, ममसिर १

अन्तर्राष्ट्रिय जगतमा पेट्रोलियम पदार्थको मूल्यमा अझै गिरावट आउने सङ्केत देखिएको छ । २०१५ सम्ममा फेरि पनि पेट्रोलियमको मूल्य घटेर आउने २९ भन्दा बढी राष्ट्रहरूमा अन्तर्राष्ट्रिय ऊर्जासम्बन्धी काम गरिरहेको संस्था आइएले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मागमा आएको कमीले केही समयअघि मात्र तेलको बजारभाउ ब्यारलको ८० अमेरिकन डलरभन्दा तल झरेको थियो । नवीकरणीय ऊर्जाहरूको प्रयोगमा दिइँदै आएको जोडले तेलको भाउमा असर गरेको आइ.ई.ए.ले जानकारी दियो । अन्तराष्ट्रिय बजारमा चारवर्ष यताकै पेट्रोलियम पदार्थको दर कम भएको बेला नेपालमा भने सार्वजनिक यातायातको भाडामा हेरफेर हुने कुनै छाँट देखिँदैन । पटक पटक गरेर मूल्य घट्दा समेत भाडा समायोजनमा सरकार र यातायात व्यवसायी मौन देखिएका छन् ।

नेपाल आयलनिगम डिपो  बबरमहलमा लाम  लागेका  ट्यांकर हरु
नेपाल आयलनिगम डिपो बबरमहलमा लाम लागेका ट्यांकर हरु

अहिलेकै अवस्थामा चल्ने हो भने सन् २०१५ को आधासम्म पेट्रोलियमको मूल्य घट्ने कुरा एजेन्सीले प्रस्ट्यायो । पेट्रोलियम पदार्थको खानी राष्ट्रहरूको समूह (ओपेक) भने यसतर्फ कुनै चासो देखाएको छैन । २७ नोभेम्बरमा ओपेक राष्ट्रहरूको भेलामा यसबारे छलफल हुने बताइएको भएतापनि केही ओपेक राष्ट्रहरू भने यसलाई गम्भीरतापूर्वक लिएर जानुपर्ने बताइरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।