सकियो क्यान्सरसँगको संघर्ष

कपन अनलाइन१ मंसिर, २०७१/

३२ वर्षको कलकलाउँदो उमेरमा एम.टी.भं रियालिटी स्टार डेम ब्रोन क्यान्सरसँगको लामो संघर्षबाट बिदा भइन् । उहाँको निधनमा एम.टी.भी. लगायत परिवार, साथीभाइले श्रद्धाञ्जली व्यक्त गर्दै क्यान्सरसँग लड्दै आफ्नो करिअर बनाउनमा दृढ रुपमा लागेकी डेमसँग धेरै कुरा सिक्नुपर्ने बताए । उहाँको क्षति भनेको कयौँ रोगसँग लड्दै बसिरहेका महिलाहरूमा आँच आउने संकेत हो ।

स्टार डेम ब्रोन
स्टार डेम ब्रोन

पाठेघरको क्यान्सरसँग २३ वर्षको उमेरदेखि लड्दै आएकी डेम, पाठेघरभित्रको नली आंशिक रुपमा हटाइएपछि “रोड रुल्स च्यालेन्ज” नामक रियालिटी सोको लागि अस्टे«लिया पुगेकी थिइन् । सन् २०१२ को अगष्टमा क्यान्सले फेरि हस्पिटलाइज बनाएपछि भने क्यान्सर यात्राको सबैभन्दा डरलाग्दो अवस्था दोस्रो पटकको आक्रमण रहेको प्रतिक्रिया दिएकी थिइन् । उनी भन्थिन्, “क्यान्सरले मलाई शारीरिक, मानसिक र संवेगनात्मक रुपले असर गरिरहेको छ तर म हारेको भने छैन ।

 क्यान्सरबाट  रोगबाट ग्रस्त स्टार डेम ब्रोन  हस्पिटलको बेडमा
क्यान्सरबाट रोगबाट ग्रस्त स्टार डेम ब्रोन हस्पिटलको बेडमा

 

मेरो परिवार, साथीभाई र शुभचिन्तकहरूको सहयोग र सद्भावका कारण म क्यान्सरलाई जितेर छाड्छु । आफू मनोवैज्ञानिक रुपमा बलियो भइसकेकोले आफूलाई क्यान्सरले केही गर्न नसक्ने बताएको एक महिना नपुग्दै उनी पुनः अस्पतालमा भर्ना भइन् । तर यसपटक भने क्यान्सले उनलाई धेरै नै गालिसकेको र पाठेघर हुँदै कलेजो र अन्य ग्रन्थीहरूमा समेत फैलिसकेको हुँदा उनलाई कसैले बचाउन सकेनन् । अन्नत उनी नोभेम्बर १४ को बिहान १०ः३० बजे यस संसारबाट बिदा भइन् ।

तपाइँको प्रतिक्रिया ।