पाँच वर्षको उमेरमा माइक्रोसफ्ट पास

आयन क्युरेशी पाँच वर्षको उमेरमा माइक्रोसफ्टको ‘टेक जाइन्टस्’ परीक्षा पास गरेर अहिलेसम्मकै कम उमेरमै माइक्रोसफ्ट सर्टिफाइड भएका छन् । अहिले ६ वर्षका आई.टी. सल्लाहकारका छोरा आयनले घरमा आफ्नै कम्प्युटर नेटवर्क स्थापना गरेका छन् । बि.बि.सी. एसियन नेटवर्कलाई आयनले भने, “परीक्षा गाह्रो भएतापनि रोमाञ्चक थियो । उनले थपे, “बुहउत्तर प्रश्नहरू, सिनारियोमा आधारित प्रश्नहरूले उनलाई झन् हौसला दियो ।

आयन क्युरेशी फोटो : बिबिसी
आयन क्युरेशी फोटो : बिबिसी

आयनका आई.टी. सल्लाहकार बाबु असिमले भने, “पाँच वर्षको छोरालाई प्रश्नको भाषाबोध गराउनु एकदम जटिल कार्य थियो तर पनि यो एउटा बिर्सन नसकिने क्षण थियो ।” क्युरेसीले आफ्नो छोरालाई तीन वर्षको उमेरदेखिनै कम्प्युटरसँग परिचित गराएका थिए जहाँ उनले छोरालाई आफ्ना पुराना कम्प्युटरहरूमा गेम खेल्न दिने र हार्ड ड्राइभ अनि मदरबोर्ड पनि देखाएका थिए ।

आयन क्युरेशी/ फोटो: बीबीसी
आयन क्युरेशी/ फोटो: बीबीसी

उसले कम्प्युटरप्रति चाख देखाउँदै र अघिल्ला दिनमा दिएको ज्ञानलाई याद राख्दै गएको देखेर उनलाई अझ छोरालाई कम्प्युटर नजिक बनाउन हौसला बढ्यो । अहिले आयन हरेक दिन दुई घण्टा कम्प्युटरको अपरेटिङ सिस्टम र यसमा प्रोगाम राख्ने तरिकाको अध्ययन गरेर बिताउने गर्छ । माइक्रोसफ्टको परीक्षामा सहभागी हुने बेलामा त्यहाँको निरीक्षकले उसलाई धेरै कम उमेरको भनेर फोकस गरेका थिए । यो परीक्षा विशेषतः आई.टी. टेक्निसियन बन्ने रुचि भएका परीक्षार्थीहरूलाई लिने गरिन्छ । आयनका आमाले छोराको सफलताले उनलाई खुशी र गौरवान्ति पारेको बताउनुभयो । आयनले भने आफू यू.के.मा आधारित आई.टी. हवको लञ्च गरी भविष्यमा आफ्नो कम्पनी सञ्चालन गरी ई—भ्यालीको अवधारणामा जाने बताए ।

तपाइँको प्रतिक्रिया ।