ठूलो मात्रामा घरेलु मदिरा नष्ट (फोटोफिचर सहित)

अशोकराज पाण्डे, माघ २४ – लुकीछिपी बनाई रहेको घरेलु मदिरा नेपाल प्रहरीले नष्ट गरेको छ । गोपीकृष्ण हल नजिकै छाप्रामा बनाईरहेको करिब १५ सय केजी तुम्बाको कच्चा पदार्थ र करिब ८०० लिटर छ्याङ्को कच्चा पदार्थ महानगरीय प्रहरी बृत्त कमलपोखरीको टोलीले बरामद गरी नष्ट गरिएको थियो ।

1549206_670209856351410_494994847_n
प्रहरी टोली त्यो क्षेत्रमा छापा मार्न पुग्नासाथ पहिले नै सुँइको पाइसकेका घरेलु मदिरा उत्पादकहरु छाप्रो छोडेर भागेका थिए । यसै स्थानमा यस अघि पनि ३ पटक ठूलो मात्रामा घरेलु मदिरा प्रहरीले छापा मारि नष्ट गरेको थियो । यत्रो मात्रामा घरेलु मदिरा बरामद भएपनि प्रहरीले बनाउने मान्छे पक्रन नसक्नुको कारण बारे कपन अनलाईनले घटनास्थलमै भेटिएका महानगरीय प्रहरी बृत्तका डिएसपी मुकेश सिंहसँग जिज्ञासा राख्दा उनले भने – ‘‘हामी आउनु भन्दा अगाडि नै सूचना पाएर भागेका हुन सक्छन् हामी निरन्तर पछ्याई उनीहरुलाई कानुनी कारबाही गर्नेछौँ ।’’ कपन अनलाइनको प्रहरीहरु आउनुभन्दा अगाडिनै कसरी भाग्न सक्छन् भन्ने प्रश्नमा उनले थप प्रष्ट्याउँदै भने – ‘‘यस विषयमा हामी छानबिन गरि सत्यतथ्य पत्ता लगाउने छोँ ।’’

62362_670210179684711_1333926034_n
गङ्गाहिटी प्रहरी प्रभागबाट करिब १०० मिटर पर यत्रो ठूलो मात्रामा घरेलु मदिरा भेट्टिनुले पनि प्रहरी प्रशासनको काम कारबाही शंका उब्जाएको छ । घरेलु मदिराले मानिसको ज्यान गईरहेको समाचार आईरहेको बेला स्थानीयबासीले भने प्रहरीको यस्तो कदमको प्रशंसा गरेका छन् ।

935170_670209953018067_606760770_n

तपाइँको प्रतिक्रिया ।