कपनका सन्देश कटुवाल विश्व जुनियर बुद्धिचालमा

[service title=”आशिष गुरागाईं /कपन अनलाइन ” icon=”https://www.kapanonline.com/wp-content/uploads/2013/09/aas.jpg”][/service]
कपन/ काठमाडौं
कपन गा.वि.स. वडा नं. १ निवासी सन्देश कटुवाल विश्व जुनियर बुद्धिचाल प्रतियोगितामा सहभागी हुने भएका छन् । यस प्रतियोगितामा कटुवालले १२ वर्षमुनिको उमेर समुहमा प्रतिस्पर्धा गर्दैछन् ।

विश्व जुनियर बुद्धिचाल प्रतियोगिता यस वर्ष एशियाली राष्ट्र यूएइको अल–ऐन सहरमा डिसेम्बर १७ देखि २९ सम्म हुने नेपाल बुद्धिचाल संघका महासचिव हिराकाजी महर्जनले जनाएका छन् ।कटुवाल कपन १ स्थीत पायोनियर ईन्टरनेशनल पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । कटुवाल पढाईमा तेज र व्यवहारमा तिक्ष्ण रहेको स्कुल प्रशाशनले जनाएको छ ।

यसै विषयमा विद्यालयका प्रधानाध्यपक शंकरराज न्यौपाने संगको छोटो कुराकानीमा कटुवालले यस प्रतियोगीतामा उत्कृष्ट नतिजा ल्याउने दावी गर्दै उनलाई प्रतियोगितामा सहभागी हुन आवश्यक आर्थिक सहयोग जुटाउन तथा हौसला प्रदान गर्नकालागी सम्पुर्ण कपनवासिसमक्ष अनुरोध समेत गरे ।

तपाइँको प्रतिक्रिया ।