अश्वेत नेता नेल्सन मण्डेलाको निधन

कपन अनलाइनमंसिर २१ गते
रक्तहिन क्रान्ति गरेर दक्षिण अफ्रिकामा रंगभेद नीति अन्त्य गर्ने अश्वेत नेता नेल्सन मण्डेलाको निधन भएको छ । लामो समयदेखि विरामी अवस्थामा अस्पतालमा रहेका मण्डेलाको ९५ वर्षको उमेरमा  आफ्नै निवासमा  निधन भएको हो । २७ वर्ष लगातार जेल जीवन बिताएका मण्डेला रंगभेद नीतिको अन्त्यपश्चात दक्षिण अफ्रिकाको राष्ट्रपति भएका थिए । सन् २००४ देखि सार्वजनिक जीवनबाट सन्यास लिएका मण्डेलाले १९९३ मा शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गरेका थिए । दक्षिण अफ्रिकाका वर्तमान राष्ट्रपति ज्याकोब जुमाले नेपालको मध्यरातको समयमा एक विज्ञप्ति प्रकाशित गरी ‘हाम्रो देशले महान छोरा गुमाएको छ’ भनेका छन् ।

तपाइँको प्रतिक्रिया ।