बलात्कारको आरोपमा पत्रकार पक्राउ

कपन अनलाइन्  मंसिर २० गते
क्यापिटल एफएमका कार्यरत पत्रकार शरणप्रसाद प्याकुरेललाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । एक युवतीले जवरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि प्रहरीले प्याकुरेललाई पक्राउ गरेको हो ।

भक्तपुरको पेप्सीकोलाबाट पक्राउ परेका उनलाई ठिमी प्रहरीले बुधबार बेलुका महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर बुझाएको थियो । अहिले उनको स्वास्थ्य अवस्था बिग्रीएकोले अस्पताल पठाइएको र फर्किएपछि थप प्रक्रिया अगाडि बढाइने बानेश्वर प्रहरीले जनाएको छ ।
rapeदुई श्रीमती भएका प्याकुरेल कान्छीसँग बस्दै आएका थिए। काभ्रे फूलबारी स्थाई घर भएका प्याकुरेल काठमाडौंमा पेप्सिकोलामा भाडामा बस्दै आएका छन् । रेडियोमा शोरण प्याकुरेलको रुपमा चिनिने उनलाई क्यापिटल एफएमले निलम्बन गरेको छ ।

तपाइँको प्रतिक्रिया ।