काठमाडौं क्षेत्र नं ४ का जनताप्रति संविधान दिने कर्तव्य बाँकी भएकाले मैले यो क्षेत्रबाटै उम्मेदवारी दिएकी हुँः सुप्रभा घिमिरे

२०६४ सालको पहिलो संविधान सभामा काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा कुल १३ हजार ४०१ मत ल्याई आफ्नो निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उपाध्यक्ष विद्या भण्डारी भन्दा ३६०० मतले विजयी भएकी सुप्रभा घिमिरेले यसपाली स्वतन्त्र उम्मेद्वारका रुपमा आफूलाई अगाडि सारेकी छिन् । नेपाली काँग्रेसले प्रत्यक्ष तर्फबाट जितेको कुल ३७ सिट मध्ये उनले मात्र यसपालीको चुनावमा नेपाली काँग्रेशबाट टिकट नपाएपछि नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदबाट राजीनामा दिई स्वतन्त्र उम्मेद्वारका रुपमा ताल्चा साँचो चुनाव चिन्ह सहित आफ्नो चुनावी कार्यक्रम अगाडि बढाई रहेकी प्राज्ञिक र शान्त स्वभावकी सुप्रभा घिमिरेलाई   एक निष्ठावान् र आदर्शवादी छवि भएकी नेताका रुपमा लिइन्छ । आसन्न संविधान सभा २ को सेरोफेरोमा  कपन अनलाइनका अशोकराज पाण्डेसंग  गरिएको संक्षिप्त टेलिफोन कुराकानी ः

 

  • [highlight background=”#ffb399″]नेपाली काँग्रेश छोडे लगत्तै ताल्चा र साँचो लिएर जनता माझ आउनुभएको छ, तपाईको उम्मेद्वारी के का लागि ?[/highlight]

महिला स्वाभिमानको लागि र सच्चा लोकतन्त्रका लागि र तल्ला तहको कार्यकर्ताको मनोभावनाका लागि ।

  • [highlight background=”#ffb399″]तपाई यत्रो वर्ष योगदान गर्नु भएको पार्टी नेपाली काँग्रेसले किन विश्वास गरेन?[/highlight]

नेपाली काँग्रेसले किन विश्वास गरेन थाहा भएन तर म लोकतन्त्र र लोकतान्त्रिक मुल्य मान्यतामा विश्वास राख्ने र महिला शसत्तिकरणमा बेजोड आवाज उठाउने पात्र भएकाले नै पुरुषवादी सोच भएको २, ४ जनाले मलाई विश्वास गरेनन ।

 

  • [highlight background=”#ffb399″]अघिल्लो निर्वाचनमा अहिले काँग्रेसका उम्मेदवार गगन थापाले तपाईलाई सहयोग गरेका थिए अहिले उनी नै तपाईको प्रतिद्वन्दि छन् नि त?[/highlight]

त्यो निर्वाचनमा गगन थापा क्षेत्रीय सभापतिका रुपमा पार्टीले पठाएको उम्मेदवारलाई सहयोग गरेको मात्र हो सुप्रभा घिमिरेलाई होइन ।

 

  • [highlight background=”#ffb399″]क्षेत्र नं ४ मै चाहिं तपाईको उम्मेदवारी किन त ?[/highlight]

नेपाली काँग्रेसका सच्चा कार्यकर्ता र आम जनसमुदाय मेरो पक्षमा छ तर पार्टीका केहि नेताहरुले यो कुरालाई नजरअन्दाज गर्दै अघि बढे र कार्यकर्ताको मनोभावना विपरित मलाई विस्थापित गराउने काम भयो त्यसैले सम्पूर्ण न्यायप्रेमी लोकतन्त्रवादीहरुको आग्रहलाई सम्मान गर्दै यही र यहि क्षेत्रबाट यो भन्दा अगाडिको निर्वाचित सभासद भएकाले तथा काठमाडौं क्षेत्र नं ४ का जनताप्रति संविधान दिने कर्तव्य बाँकी भएकाले  मैले यो क्षेत्रबाटै उम्मेदवारी दिएकी हुँ ।

  • [highlight background=”#ffb399″]उम्मेदवारी त दिनुभयो तर क्षेत्र नं ४ का जनताले तपाईलाई किन भोट हाल्ने त ?[/highlight]

नेपालमा महिला मतदाताको संख्या धेरै छ । तर महिला माथि विभेद, शोषण, अत्याचार व्याप्त छ । महिला सभासदका रुपमा जितेर संविधान सभा भित्र पुगेर महिलामाथि हुने यी विविध खाले शोषण अन्त्य गर्न, र महिला हक अधिकार सुनिश्चित गराउन लगायत विभिन्न खाले विकास निर्माणका काममा अगाडि बढ्न क्षेत्र नं ४ का जनताले मलाई भोट गर्नुहुन्छ ।

 

  • [highlight background=”#ffb399″]तर तपाईमाथि त क्षेत्र नं ४ का जनताको ठूलो गुनासो छ नि त? तपाई चुनाव जितिसकेपछि यो क्षेत्रमा कुनै सामाजिक तथा विकास निर्माणका कार्यमा सहभागि हुनुभएन भनेर ?[/highlight]

यो अनर्गल प्रचारवाजी मात्र हो । म सभासद निर्वाचित भएदेखि नै जनताको प्रत्यक्ष विकास निर्माण लगायत समाजिक चासोहरुमा संलग्न छु । मैले क्षेत्र नं ४ को ४ वटै गाविस र ४ वटै नगरपालिकाका वडाका जनताहरुका दुख सुखमा र विकासका कामहरुमा आफूले सक्दो काम गरेको छु । युवा नेता  भन्न रुचाउनेहरु जस्तो म छैन । मलाई कार्यक्रममा आमन्त्रण गर्दा जनताका वीच म समयमै पुग्छु , उनी जस्तो कार्यकर्तालाई घन्टौँ कुराउदिन । जनताको काममा मैले तुरुन्तै समय दिन्छु, अरूले जस्तो आर्दश मात्रै होइन ।

 

  • [highlight background=”#ffb399″]तपाईको निकटम प्रतिद्वन्दि को त ?[/highlight]

प्रमुख दलका उम्मेदवारहरु सबै मेरा प्रतिद्वन्दिहरु हुन् ।

 

  • [highlight background=”#ffb399″]तपाईले चुनाव जित्ने आधारहरु के त?[/highlight]

महिलाहरु, विवेकशील यूवाहरु, लोकतन्त्रमा विश्वास राख्ने जनसमुदायहरु, विश्वव्यापी लोकतान्त्रिक मुल्य र मान्यता विपरित पार्टीले गरेको अन्याय र विभेदको विरद्धमा भएका काँग्रेस भित्रकै न्यायप्रेमी महानुभावहरु, विपिका मान्यताहरु अँगाल्ने काँग्रेस भित्रकै सच्चा काँग्रेसीहरुको साथ र सहयोग नै मेरो जितका आधारहरु हुन् ।

  • [highlight background=”#ffb399″]चुनाव प्रचार प्रसार अलि फितलो देखिन्छ नि?[/highlight]

त्यस्तो होइन म जनतासँगै छु । दैनिक जनतासँगको भेटघाट निरन्तर चलिरहेको छ । हामीले चावहिल टेलिकम पछाडि कुमारी कम्प्लेक्समा सम्पर्क कार्यालय खोलेका छौँ र कपन लगायत क्षेत्र नं ४ भरिनै सम्पर्क कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ । साथीभाई तथा शुभचिन्तकहरु दिनरात प्रचार प्रसारमा लागिरहनुभएका छन् । 

 

  • [highlight background=”#ffb399″]साँच्चि यत्रो वर्ष त्याग गरको पार्टी परित्याग गरेपछि काँग्रेसले तपाईलाई सम्पर्क गरेको छैन ?[/highlight]

तल्लो स्तरका प्राय सबै कार्यकर्ताले नियमित सम्पर्क गरिरहनुभएको छ तर माथिल्लो नेतृत्वले सम्पर्क गरेको छैन ।

तपाइँको प्रतिक्रिया ।