आज प्रथम कपन-पैयाँटार दशैँ महोत्सव

कपन अनलाइनकाठमाडौं नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, छठ तथा ईदको पावन अवसर पारेर कपन ८ स्थित पैयाँटार चौतारी यूवा क्लबले  आज  प्रथम पैयाँटार दशैँ महोत्सव  हुदैछ । कपन निवासी बरिष्ठ गायिका ज्ञानु राणा यस महोत्सवकी प्रमूख अतिथि हुनेछिन् । त्यसैगरी मंसिर ४ मा हुने संबिधानसभा निर्वाचनमा  काठमाडौँ क्षेत्र नं. ४ का  प्रमुख उम्मेदवारहरू गगन थापा, निर्मल कुइँकेल, नन्दबहादुर पुन, उद्धव पौडेल आदी पनि कार्यक्रमका बिशेष आतिथि हुनेछन् । उम्मेदवारहरू पहिलोपटक एकै मंचमा हुने अवसर पनि यस महोत्सवमा प्रदान गरेको छ ।
यो कार्यक्रम २४ क्यारेट ब्यान्डको सहयोगमा  हुन लागेको छ । नेपाली सांङ्गितिक क्षेत्रका नाम चलेका कलाकारहरु संजिव सिंह, मिङ्मा शेर्पासहित रुद्राक्ष, मन्त्रलगायतका ब्याण्डको साङ्गितिक प्रस्तुति यस महोत्सवमा हुनेछ । महोत्सवमा  विभिन्न खाना स्टल लगायतका आकर्षण रहने कुरा आयोजकले कपन अनलाईनलाई बताएका छन् । आयोजकले यस्ता कार्यक्रमले कपनलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।