सुजाताको 'विनय' एल्वम सार्वजनिक

कपन अनलाइननेपाली सांगीतिक क्षेत्रमा सुन्दर भविष्य कल्पना गर्ने क्रममा नव प्रतिभा सुजाता वर्माले ‘विनय’ नामको नयाँ एल्वम निकालेकी छिन् । शास्त्रीय संगीतमा सानो उमेरदेखि नै सक्रिय सुजाताको यो पहिलो एल्वम हो । ०६७ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा प्रथम भएकी सुजातालाई नयाँ पुस्ताको अत्यन्त प्रतिभाशाली कलाकारको रुपमा लिइने गरिन्छ ।

DSC_0580राजधानीको गौशालास्थित नेपाल म्युजिक स्कूलमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले सुजता वर्माको नयाँ एल्बम विनयको लोकार्पण गरे । वरिष्ठ संगीतकार शुभबहादुर सुनाम तथा गायिका कुन्ति मोक्तान विशेष अतिथि भएको कार्यक्रममा संगीतकर्मी एवम् संगीतप्रेमीहरुको विशेष उपस्थिति थियो । कार्यक्रममा ‘विनय’ एल्वममा समेटिएका गीतहरुको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । गायिक सुजाताले कार्यक्रममा एल्वममा रहेका गीतहरु गायकी थिइन् । कार्यक्रममा गीतकार विसुकुमार केसीले गायिका सुजता वर्माको प्रतिभा र उनको उन्नत भविष्यका बारेमा प्रंशसा तथा शुभकामना दिएका थिए । प्रमुख अतिथि शम्भुजित बास्कोटले नेपाली संगीत क्षेत्रमा सुजताजस्ता प्रतिभाशाली गायिकाको उदयले अब संगीतको नयाँ युगको सुरुवात हुने आशा व्यक्त गरे ।

कपन निवासी सुजता वर्मा संगीतकार विनय वर्माकी छोरी हुन् । सांगीतक परिवारमा हुर्केकी सुजता कपनमा हरेक महिना शास्त्रीय तथा भक्ति संगीतको कार्यक्रम गर्ने कपन संगीत सरोवरमा सुजता नियमितजस्तो आफ्नो प्रस्तुति दिने गर्दछिन् । पशुपतिमा रहेको किँरातेश्वर संगीताश्रम लगायत थुप्रै शास्त्रीय संगीत प्रस्तुत गर्ने स्थानहरुमा आफ्ना महत्वपूर्ण प्रस्तुति दिइसकेकी सुजाता वर्मा यतिखेर भारतको कोलकातामा संगीत अध्ययन गरिरहेकी छिन् । दशैँ विदामा घर आउँदा उनको पहिलो एल्वमको सार्वजनिक गरिएको हो । विनय एल्वम्मा १० वटा उत्कृष्ट आधुनिक गीत समावेश गरिएको छ । विनय एल्वम्मा गीतकारहरु विसुकुमार के.सी., भानुभक्त ढकाल, त्रिविक्रम पाण्डेलगायतका रचनामा संगीतकार विनय वर्माले संगीत भरेका छन् भने नोर्वु शेर्पाले संगीत एरेन्ज गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।