कपन अनलाइ विशेष :"जोरपाटी गोलीकाण्ड" यस्तो रहेछ हतियारधारी

[service title=”आशिष गुरागाईं /कपन अनलाइन ” icon=”https://www.kapanonline.com/wp-content/uploads/2013/09/aas.jpg”][/service]शुक्रबार विहान जोरपाटीको सुवास पार्टी प्यालेसमा भारतीय नागरिक मोहम्मद सनसुल्लाहको पेटमा गोली हान्ने शंकास्पद हतियारधारीको स्केच प्रहरीले सार्वजनिक गरेको छ । उक्त गोलीकाण्डको भित्री कारण भने प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन ।

महानगरीय प्रहरी अपराध महाशाखाले घटनास्थल अनुसन्धान तथा प्रत्यक्षदर्शीको बयानमा आधारित भएर उक्त स्केच तयार पारेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विजयलाल कायस्थले बताए ।1

घाइते भएका समसुल्लाहसँग अझै पनि घटनाबारे सोध्न सकिने अवस्था नभएको कारण गोलीप्रहारबारे विस्तृत विवरण संकलन नभइसकेको महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोज केसीले बताए ।

समसुल्लाह अति सामान्य व्यक्ति भएको र गोली प्रहार हुने तहको कसुरमा उनको संलग्ताको सम्भावना ज्यादै कम भएको पनि डिएसपी केसीले बताए ।

तपाइँको प्रतिक्रिया ।