जोरपाटी गोलीकाण्ड : प्रहरीले हतियारधारीको स्केच सार्वजनिक गर्दै

[service title=”आशिष गुरागाईं /कपन अनलाइन ” icon=”https://www.kapanonline.com/wp-content/uploads/2013/09/aas.jpg”][/service]शुक्रबार विहान जोरपाटीको सुवास पार्टी प्यालेसमा भारतीय नागरिक मोहम्मद सनसुल्लाहको पेटमा गोली हान्ने को स्केच प्रहरीले सार्वजनिक गर्दैछ ।

महानगरीय प्रहरी अपराध महाशाखाले घटनास्थल अनुसन्धान तथा प्रत्यक्षदर्शीको बयानमा आधारित भएर उक्त स्केच तयार पारेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विजयलाल कायस्थले बताए ।

घाइते भएका समसुल्लाहसँग अझै पनि घटनाबारे सोध्न सकिने अवस्था नभएको कारण गोलीप्रहारबारे विस्तृत विवरण संकलन नभइसकेको महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोज केसीले बताए ।

समसुल्लाह अति सामान्य व्यक्ति भएको र गोली प्रहार हुने तहको कसुरमा उनको संलग्ताको सम्भावना ज्यादै कम भएको पनि डिएसपी केसीले बताए ।

तपाइँको प्रतिक्रिया ।