डान्सवारमा काम गर्ने भन्दै दुवई लगायतका देशहरुमा पठाउने गिरोह पक्राउ

[service title=”आशिष गुरागाईं /कपन अनलाइन ” icon=”https://www.kapanonline.com/wp-content/uploads/2013/09/aas.jpg”][/service]विगत लामो समय देखि दुवई लगायतका विभिन्न देशहरुमा डान्सवारमा काम गर्ने Artist भनि विभिन्न किसिमका प्रलोभनमा पारी नेपाली चेलीबेटीहरूलाई विदेश पठाउने (मानव बेच-बिखन तथा ओसारपसार) कार्यमा संलग्न निम्न घर ठेगाना भएका व्यक्तिहरूलाई मिति २०७०/०५/२५ र २६ गते काठमाण्डौका विभिन्न स्थानबाट केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति २०७०/०५/२६ गते महानगरीय प्रहरी परिसर हनुमानढोकामा पठाईएको छ ।

[heading size=”4″]पक्राउ व्यक्तिहरू :-[/heading]

559354_536237283116341_1142734761_n
१.
नाम थर :- ज्ञानु भन्ने ज्ञान बहादुर आचार्य
उमेर :- ४३ वर्ष
ठेगाना :- जिल्ला झापा दुवागढी गाविस वडा नं. ४
हाल :- काजि कामनपा वडा नं. १५ डल्लु
संलग्नता: युबतीहरुको खोजी गर्ने, नेपालका अन्य दलालहरुकोमा पुर्याउने।

२.
नाम थर :- दिपक तामाङ
उमेर :- २८ वर्ष
ठेगाना :- जिल्ला सिन्धुपाल्चोक मांखा गाविस वडा नं. ६
हाल :- काजि कामनपा वडा नं. १५ डल्लु
संलग्नता: बिदेशी दलालहरुसंग सम्पर्क राखि स्वयंले बिदेश पठाउने साथै नेपालका
अन्य दलालहरु मार्फत पठाउने।

३.
नाम थर :- विपुल भन्ने गौरी शंकर पाण्डे
उमेर :- ३१ वर्ष
ठेगाना :- जिल्ला नवलपरासी रामनगर गाविस वडा नं. ५
हाल :- काजि कामनपा वडा नं. १६ बालाजु
संलग्नता: बिदेशी दलालहरुसंग सम्पर्क राखि स्वयंले बिदेश पठाउने साथै नेपालका
अन्य दलालहरु मार्फत पठाउने।

४.
नाम थर :- राजन भन्ने राजेन्द्र सुवेदी खत्री
उमेर :- ३३ वर्ष
ठेगाना :- जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ६ ईमाडोल
हाल :- काजि कुलेश्वर अपार्टमेन्ट
संलग्नता: बिदेशी दलालहरु (Agents) संग समन्वय गरी बिदेश पठाउने गिरोहका मुख्य ब्यक्ति।

[heading size=”4″]अनुसन्धानबाट के पत्तालगायो  प्रहरीले?  :-[/heading]
१.
प्रतिबादीहरुले विभिन्न प्रलोभन देखाइ अबिबाहित युबतीहरु खोज्ने काम गर्ने ।
२.
फेला परेका युबतीहरुलाइ काठमाण्डौका विभिन्न गेष्टहाउसमा तथा कोठा खोजी राख्ने गरेको ।
३.
रातको समयमा डान्स सिक्ने भन्दै काठमाण्डौका विभिन्न डान्सवारहरुमा लगी डान्स सिकाउन लगाउने ।
४.
डान्स सिकाउने बहानामा मादक पदार्थ सेवन गराइ अनैतिक कार्य समेत गर्न लगाउने गरेको ।
५.
जम्मा भएका युबतीहरुलाइ काठमाण्डौका विभिन्न फोटो स्टुडियोमा लगी विभिन्न पोजमा फोटोहरु खिच्न लगाउने गरेको।
६.
त्यसरी खिचिएका फोटोहरु दुवई, भारत लगायतका विभिन्न देशका दलालहरुलाई e-mail मार्फत पठाउने गरेको ।
७.
विदेशका दलालहरुले फोटोहरु हेरी छनौट गर्ने र Artist, Waiter पेशा उल्लेख गरी visa पठाई दिने गरेको ।
८.
प्राप्त भिसा अनुसार विभिन्न दलाल मार्फत वैदेशिक रोजगार विभागबाट श्रम स्टिकर उपलव्ध गराउने गरेको ।
९.
निजहरुले काठमाण्डौ एयरपोर्ट, भारतको नयादिल्ली तथा मुम्बइबाट दुवई लगायत अफ्रिका सम्म नेपाली युबतीहरु पठाउने गरेको ।
१०.
यसरी बिदेश पठाउदा प्रतिव्यक्ति रु. ४०,०००।- का दरले कमिसन प्राप्त हुने गरेको ।
११.
नेपाली युबतीहरुलाइ बिदेश पठाउदा लाग्ने सम्पुर्ण खर्च बिदेश स्थित दलालहरुले नै व्यहोर्ने गरेको पाईएको ।

[heading size=”4″]कानुनी प्रावधान केछ्त ?  [/heading]

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ४ को उपदफा २ (ख) कसुर अपराधमा दफा १५ (ङ) १ अनुसार बिदेश लैजानेलाइ दश बर्षदेखि १५ बर्ष सम्म कैद र पचास हजार रुपैया देखि एक लाख सम्म जरिवाना र (ङ) २ अनुसार नेपालभित्रको एक ठांउबाट अर्को ठांउमा लैजानेलाई १० वर्ष कैद र पचास हजार रुपैयादेखि एक लाख रूपैयासम्म जरिवाना ।

उल्लेखित अभियुक्तहरुबाट पिडित ब्यक्तिहरुले केन्द्रीय  प्रहरी  ब्यूरोमा सम्पर्क राख्न हुन समेत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।