कपनमा नयाँ गन्तव्यः प्रकृतिको अनुपम आनन्दका साथ मिठो खाना खान जिन्को रिसोर्ट

कपन अनलाइनभागदौडपूर्ण सहरी जीवनमा एकछिन सुस्ताउन पाउँदा पनि मानिस खुशी हुन्छन् । बस उसलाई सुस्ताउने बाहना चाहिन्छ । यसरी सुस्ताउनका लागि राम्रो ठाउँको खोज्दै मानिसहरु भौंतारिरहेका हुन्छन् । सुस्ताउन वा एकछिन खुशी हुन प्राकृतिक वातावरण सबैभन्दा पहिलो रोजाइमा पर्दछ । प्रकृतिले मोहित नगरेको कसलाई छ र ? घरैघरको डंगुरलाई सहर भनेको त हो हामीले । त्योभन्दा बाहेक सहर हुनुको के आभाष पाइएको छ र ? यस्तो सहरमा प्रकृति कता खोज्नु ? त्यसैले प्राकृतिक वातावरण खोज्न सहरभन्दा टाढा जानु पर्ने बाध्यता पनि छ ।

 
सहर बनिसकेको हाम्रो कपन पनि आम काठमाडौंभन्दा पृथक छैन । धुवाँधुलो, गाडी, फोहर, चर्का स्वर यो सब कपनको पनि दिनचर्या हो । हामी कपनवासी पनि यस्तै ठाउँबाट कहिलेकाहिँ मुक्तिका लागि एकछाक खाना खान कताकता पुगिरहेको हुन्छौं । यद्यपि यहाँ पनि केही रेष्टुरेण्टहरु नभएका भने होइन । यिनै होटेल तथा रेष्टुरेन्टहरुले केही न केही कपनवासीको दिल बहलाउने गरेका छन् ।

जिन्कोको पात
जिन्कोको पात

कपनवासीको धेरथोर दिल बहलाउने क्रममा कान्छो रेष्टुरेन्टको रुपमा प्राकृतिक नाम र वातावरण लिएर नयाँ ठाउँ उपस्थित भएको छ जिन्को । जिन्को फरेस्ट रिसोर्ट नामको यो रेष्टुरेन्ट साँच्चै प्राकृतिक छ यसको नाम जत्तिकै । जिन्को (Ginko) विश्वकै सबैभन्दा पूरानो वनस्पतिमध्ये हो । जिन्को २ करोड ७० लाख पूरानो बनस्पति मानिन्छ । जिन्कोलाई वर्तमान युगको पनि सबैभन्दा प्राकृतिक बनस्पति पनि मानिन्छ । जिन्को फरेस्ट रिसोर्टमा जिन्कोको बिरुवालाई देख्न पनि पाइन्छ ।

 

 

_MG_7451कपन गाविसको वडा नं. १ मा रहेको जिन्को फरेस्ट रिसोर्ट भागदौडपूर्ण कपनवासीको जीवनलाई प्राकृतिक बनाउन निकै सफल हुन्छ । जिन्को रिसोर्ट किन रिसोर्ट भयो ? यसको उत्तर त संचालकले पनि खासै दिन सकेनन् । तर जिन्को एक असाधारण प्राकृतिक रेस्टेरेन्ट हो, जुन काठमाडौभित्र पाउन सजिलो छैन । तपाई नपत्याउन सक्नुहुन्छ, सानै क्षेत्रफलमा रहेको जिन्को रिसोर्टभित्र सानाठूला १२० वटा रुखहरु छन् ।
फैकाको नवदूर्गा मन्दिरबाट अलिकति भित्र धुँवाधुलो वा हल्लाखल्लाभन्दा टाढा छ जिन्को । शंकर थापाको पूरानो र प्राकृतिक बँगैचाको तल्लो भागलाई दशवर्षको कागज गरेर कपनकै तीन युवाले सुरु गरेका हुन् जिन्को । उमेर २४, २५ अनि २६ वर्षका तर काम तथा लगानीका कारण पाका लाग्ने यी युवाले कपनवासीका लागि फरक वातावरण पस्केका हुन् भन्न जो कोही लालयित हुन्छन् । एकपटक जिन्को गएपछि मानिस फेरि दोहर्याएर आउने मानसिकता बनाइहाल्छ ।

 

_MG_7431
जिन्को संचालक क्रमशः गणेश गुरागाई, नरेश चालिसे र प्रकाश नेपाल

२४ वर्षका नरेश चालिसे, २५ वर्षका गणेश गुरागाईं र २६ वर्षका प्रकाश नेपालले करिब ३० लाख लगानी गरेर संचालनमा ल्याएका हुन् जिन्कोलाई । जिन्कोमार्फत यी तीन युवा प्राकृतिक रेष्टुरेन्टमात्र हैन मिठो अनि अन्य ठाउँभन्दा सस्तो खानेकुरा पनि खुवाएका छन् । परम्परागत नेपाली खानादेखि कन्टिनन्टल तथा इटालियन खानाको मिठो स्वाद जिन्कोमा पाइन्छ ।

 

काठमाडौंमा सामान्यतया परम्परागत थकाली खानाको सेट खाने इच्छा छ कि पिज्जामा रमाउने इन्छा छ करिब ८५ प्रतिशत बाँस र बेतबाट बनेको रेष्टुरेन्टले तपाइँलाई दोहोर्याउने गरी मोहनी लगाउँछ । करिब ३० जना अटाउने हलसहित प्राकृतिक कटेजहरुले तपाइँको मन दिनहुँ जिन्को नै जाउँ कि भन्ने पार्न सक्छ ।

_MG_7434 _MG_7412 _MG_7446 _MG_7426

(फोटोः राजुबिक्रम थापा)

तपाइँको प्रतिक्रिया ।