रिलायन्स इन्टरनेसनल एकेडेमी भनेको कपनको सम्पत्ति हो – रविन्द्रजंग थापा

कपनमा अब्बल दर्जाको शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरुमा रिलायन्स एकेडेमी अग्रणी नाम हो । कपनमा मात्र हैन नेपालका केहि स्थापित शैक्षिक संस्थाहरुमध्येको एक मानिन्छ रिलायन्स इन्टरनेसनल एकेडेमीलाई । ०५५ सालमा रिलायन्स इन्टरनेसनल एकेडेमीबाट सुरु गरेको यात्रा हाल रिलायन्स पब्लिक स्कूल र रिलायन्स कलेज बनेर यो ग्रुपले शैक्षिक अभियान अगाडि बढाइरहेको छ । हाल रिलायन्स एजुकेशन गुपअन्तर्गत रही ३०५० जना विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर दिइरहँदा रिलायन्स कलेज पनि देशकै १० उत्कृष्ट कलेजको सूचिमा पर्दछ ।

शैक्षिक क्षेत्रको महत्वपूर्ण अभियानमा लागेको रिलायन्स एजुकेशनल ग्रुपलाई रिलायन्स इन्टरनेसनल एकेडेमीदेखि नै नेतृत्व गरिरहेका अध्यक्ष रविन्द्रजंग थापा रिलायन्सलाई कपनको सम्पत्ति बताउँछन् । शैक्षिकसहित सामाजिकरुपमा पनि क्रियाशील थापा गोर्खा बुङ्गकोटबाट ०५५ सालमा कपन आएका हुन् । रोटरी क्लब अफ काठमाडौं नर्थ तथा च्यारिटि नेपाल लगायतका संस्थामा सकृय आबद्ध थापासँग कपन अनलाइनका सम्पादक केशव पाठकले गरेको शैक्षिक अन्तर्वार्ता । (साथमा बद्रि भट्टराई र फोटोग्राफर राजुबिक्रम थापा )

रबिन्द्रजंग थापा

  • कपन अनलाइनः राम्रो विद्यालय वा कलेज हुनका लागि के हुनु जरुरी हुन्छ ?

 

रविन्द्रजंग थापाः शिक्षा भन्ने वित्तिकै त्यो जीवनलाई सही तरिकाले जिउने कला सिकाउने ज्ञान हो । जिउने कला भनेको समयसापेक्ष हुने गर्दछ । समय सापेक्ष शिक्षा हुने क्रममा कसैको बुझाइमा ठूलो भवन भएको वा विद्यार्थी संख्या धेरै भएको विद्यालय राम्रो हुन्छ । त्यसैगरी कसैको नजरमा एसएलसिमा शतप्रतिशत राम्रो डिभिजनमा उत्तीर्ण हुनु लाई राम्रो विद्यालय हुन सक्छ । कसैको नजरमा धेरै कर्मचारी स्टाफ र उनीहरुले राम्रो पारिश्रमिक पाउनुलाई राम्रो विद्यालय भन्ने लाग्न सक्छ । हाम्रो नेटवर्कको बुझाइचाहिँ हामीले पढाएको विद्यार्थीहरु भोलि कति शिर्जनशील काममा लाग्न सके त्यसले बिद्यालय राम्रो हुनु वा नहुनु छुट्याउँछ भन्ने हो । समाजमा योग्य र असल नागरिक भएर जिउन सक्ने शिक्षा हामीले दियौं कि दिएनौं भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो । विद्यार्थीको सामाजिक पक्ष कस्तो छ ? उसको भावनात्मक पक्ष कस्तो छ ? प्रविधिका क्षेत्रका उसको पहुँच कस्तो छ ? अनि उसको व्यक्तित्वबाट राष्ट्रले के पायो ? भन्ने विषयमा ध्यान पुर्याइको छ भने त्यो संस्था राम्रो हुन्छ । शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति राम्रो भयो भने मात्र त्यो संस्थालाई राम्रो भनिनुपर्दछ । रिजल्टको आधारमा मात्र विद्यालय राम्रो भन्नु ठीक मापदण्ड होइन । रिजल्ट पनि एउटा माध्ययम होला तर त्यो अंश मात्र हो पूर्ण होइन ।

 

  • कपन अनलाइनः यहि शैक्षिक संस्थाले उत्पादन गर्ने जनशक्ति राम्रो हुनका लागि पनि केही आधारभूत आवश्यक्ता होला नि, शैक्षिक संस्थामा योचाहिँ हुनैपर्छ भन्ने ।

 

रविन्द्रजंग थापाः हामीले शिक्षामा चारवटा कुरालाई विशेष ध्यान दिएका हुन्छौं । भावनात्मक विकास, शैक्षिक विकास, आध्यात्मिक विकास र शारिरिक विकास गरी चारवटा विकासलाई हामी आधारभूत विषय मानेर पाठ्यक्रम बनाउँछौं । त्यसका लागि चाहिने पूर्वाधारहरु जस्तो कक्षाकोठा, खेल्ने मैदान, पुस्तकालय, राम्रा शिक्षक आदि कुरा न्यूनतम आधारभूत आवश्यक्ताभित्र नै पर्दछ । तर त्यहाँभित्र व्यवस्थापकीय पक्ष सबैभन्दा प्रमुख कुरा हो ।

 

  • कपन अनलाइनः यी कस्तो विद्यालय राम्रो वा राम्रो विद्यालय हुन के के हुनपर्छ भन्ने विषयमा कुरा गरिरहँदा यहाँले भनिरहेको कसिमा आफ्नो विद्यालय वा कलेज कस्तो स्थानमा रहेको पाउनुहुन्छ ? यसलाई मापन कसरी गर्नुहुन्छ ?

 

रविन्द्रजंग थापाः मापन गर्ने पारामिटर पनि थुप्रै हुन सक्छन् शैक्षिक क्षेत्रमा । अहिलेको समयमा समान्यरुपमा बजारमा हेरिने विद्यार्थीको संख्या वा कर्मचारीको संख्याजस्ता कुरामा पनि हामी राम्रै अवस्थामा छौं । त्योभन्दा पनि ठूलो कुरा मेरो विद्यालयमा विद्यार्थी पढ्दाखेरी उसले कति सिर्जनात्मकता पस्किन सक्यो वा बढाउन सक्यो भन्ने दृष्टिकोणले पनि हामी यो क्षेत्रमा राम्रो स्थानमा रहेका छौं ।

रबिन्द्रजंग थापा

  • कपन अनलाइनः नियम र मापदण्ड कता छ पत्तो नपाइने खालका बजारमा थुप्रै विद्यालयहरु छन् । आफन्तहरु मिलेर आफू आफै नै शिक्षक भएर पढाउने वातावरण हुने गर्छ त्यहाँ । भाइ बुहारी, साला साली आदिमा विद्यालय चलिरहेका छन् । यसरी चलेका विद्यालयले शिक्षाको गुणस्तरियता दिँदैन भन्ने तर्क हो यहाँको ?

 

रविन्द्रजंग थापाः शैक्षिक संस्थालाई पारिवारिक तरिकाले कटेज उद्योग तरिकाले संचालन गर्नु भनेको ज्ञानलाई निश्चित दायरामा मात्र राख्नु हो । ज्ञानलाई सिमाभित्र कैद गर्न पाइँदैन । त्यसैले शैक्षिक संस्थालाई पूर्णतः फैलिन र फक्रिन दिनुपर्छ । विद्यार्थीमा भएको प्रतिभालाई पूर्णरुपमा उजगार हुन दिनुपर्छ । त्यो दिनका लागि उल्लेखित स्वभावका विद्यालयबाट संभावना छैन । यसले शैक्षिक संस्थाको पनि विकास हुँदैन र विद्यार्थीको पनि । यो विद्यार्थीमाथि पनि ठूलो धोका र विश्वासघात हो ।

 

  • कपन अनलाइनः शैक्षिक क्षेत्र व्यवसाय हो कि होइन ?

 

रविन्द्रजंग थापाः यो सेवामूलक व्यवसाय हो । यो सेवा नै हो । यही क्षेत्रमा मानिसले आफ्नो जीवन समर्पण गर्ने भएकोले उसले कमाएर खाने ठाउँ पनि भएकोले सेवामूलक व्यवसाय हो तर व्यपारचाहिँ हैन ।

 

  • कपन अनलाइनः जतिखेर रिलायन्स सुरु गर्नु भएको थियो, त्यतिबेला कहाँ पुग्ने विचारले हिँड्नु थियो ?

 

रविन्द्रजंग थापाः हामी अहिले रिलायन्ससँग आबद्ध भएको जुन टिम छ यो पूर्णत एकेडेमिक टिम हो । नेपालको परिप्रेक्ष्यमा पूर्णतः शैक्षिक योग्यता भएको टिम हो यो । शिक्षाको भावना, मर्म र विकासलाई आत्मसात गरेको टिम भएकोले हामीले त्यतिखेरै हाम्रा उत्पादन देशको नमूनाको रुपमा देख्न सकिने खालको हुनपर्छ भन्ने सोचेका थियौं । हामीले यो क्षेत्रमा सिक्न आएका थिएनौं । त्यसैले समय खर्च नगरीकन हामी उच्च गुणस्तरमा ध्यान दिएर अगाडि बढ्ने योजनाका साथ आएका थियौं । हामीले जस्तो सोचेका थियौं त्यहि अनुरुप बढ्दै पनि गएका छौं ।

DSC_0046

  • कपन अनलाइनः कपन क्षेत्रमा रिलायन्सलाई यहाँका मानिसले पहिलो रोजाई बनाएको हुनपर्छ भन्ने कुरा यहाँहरुको विद्यार्थी संख्याले बताउँछ । कलेजको रुपमा पहिलो रोजाई रिलायन्स नै हुने गरेको अनुभूत गर्न सकिने अवस्था छ । यो अवस्थामा आफ्नो विद्यालय वा कलेज ल्याउन के गर्नु पर्दोरहेछ ?

 

रविन्द्रजंग थापाः हामीले मूल मन्त्रको रुपमा विद्यालय भनेको समाजको सम्पत्ति हो भनेर बुझेका छौं । हामी त केवल काम गर्ने र नीति कार्यान्वयन गर्ने व्यक्ति मात्र हौं । रिलायन्स इन्टरनेसनल एकेडेमी भनेको कपनको सम्पत्ति हो । अझ भनौं गहना हो यो । त्यसैले कपन क्षेत्रमा हामीले विभिन्न गरिब तथा जेहन्दार विद्यार्थीलाई विशेष सहयोगको प्याकेजसहित अभिभावकहरुसँग विभिन्न सामाजिक गतिविधिमा निरन्तरजस्तो सहभागि बन्ने र बनाउने वातावरण बनाएका छौं । सरसफाई, वातावरण, साहित्यजस्ता विषयमा समाजसँग हातेमालो गरिरहेका छौं । समाजका शिक्षप्रेमी तथा समाजसेवी व्यक्ति तथा अभिभावकको अनुभव र प्रतिक्रियालाई नीतिका रुपमा समायोजन गरेका छौं । अन्ततः रिलायन्स स्कूलबाट फाइदा लिने चाहिँ कपन क्षेत्रका वासी नै हुन् । यो कपनवासीकै सम्पत्ति हो । यो कुरालाई हामीले राम्ररी आत्मसात गरेका छौं र कपनवासीले पनि सायद यसैले होला हामीलाई उच्च प्राथमिकताका साथ आफ्नो सम्पत्तिको रुपमा हेर्नु भएको छ ।

 

  • कपन अनलाइनः रिलायन्स एकेडेमी नामक विद्यालय हुँदा हुँदै रिलायन्स पब्लिक नामको अर्को विद्यालयको आवश्यक्ता कसरी महशुस भयो ?

 

रविन्द्रजंग थापाः समाज धेरै किसिमले विभाजित त । आर्थिक पक्षले, सोचाइका हिसाबले तथा व्यस्तताको कारणले समाज विभाजित छ । यो समाजको स्वरुप पनि हो । कपन गाविस भए पनि एउटा नयाँ सहर हो । यो सहरका सबै वर्गलाई कसरी सेवा प्रदान गर्ने सिलसिलामा जो अभिभावकहरु अतिनै व्यस्त छन् उनीहरुका लागि नयाँ विद्यालयको आवधारण ल्याइएको रिलायन्स पब्लिक । साथै धेरै मानिस रिङरोडभन्दा पारीका विद्यालयलाई मात्र विश्वाश गर्ने वा नेपालको भन्दा विदेशको विद्यालयलाई राम्रो मान्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने विषयलाई आधार बनाएर पनि यो रिलायन्स पब्लिकको आवश्यक्ता महशुस गरिएको हो । यो एउटा पूर्णतः डे बोर्डिङको रुपमा संचालन गरेका छौं । यो अत्यन्तै आधुनिक गुणस्तरको विद्यालय हो ।

DSC_0040

  • कपन अनलाइनः शिक्षण संस्थाकै रुपमा पनि केही विषयहरु समाजसँग प्रत्यक्ष जोडिन्छन् । त्यसमा शिक्षण संस्थाले केही सामाजिक दायित्व समाजलाई दिने गर्दछ । रिलायन्स इन्टरनेसनल नेटवर्कले गरेको त्यस्तो एउटा काम होला जसले साँच्चै समाजमा प्रभाव पारेको छ ?

 

रविन्द्रजंग राणाः कपनभित्र भएको कुनै पनि महत्वपूर्ण सामाजिक गतिविधिमा रिलायन्स समावेश नभएको विरलै होला । हामीले कपनवासीहरुलाई १० प्रतिशत क्षात्रवृत्ति दिएका छौं । यो क्षात्रवृत्तिको डाटा गाविसबाट हामीले पाउन सक्छौं ।

 

  • कपन अनलाइनः रिलायन्सले ०५६ सालदेखि सुरु गरेको यात्रा ०७० सालसम्म आइपुग्दा एउटा महत्वपूर्ण उचाइमा पुगिसकेको छ । आगामी दिनहरुका लागि नविनतम लक्ष्य पनि सोच्नु भएको छ कि ?

 

रविन्दजंग थापाः हिजो पनि मैले भन्दै आएको हो, कपनवासी जो कोहीले स्कूल खोज्दै सानासाना नानीहरुलाई एकघण्टा गाडिको यात्रा गराएर बाहिर बिद्यार्थी लैजान हामी दिँदैनौं । त्यसमा करिब करिब हामी सफल भएका छौं । भोलि उच्च शिक्षा पढ्नका लागि पनि कपन क्षेत्रका मानिस राम्रो शिक्षण संस्था यहीँ छ भन्ने आभाष गर्न सकुन् भन्ने लक्ष्यका साथ हामी अगाडि बढेको छौं ।

तपाइँको प्रतिक्रिया ।