अनुगमन समितिमा ने.का.ले पनि प्रतिनिधि परिवर्तन गर्ने सम्भावना, बद्रि भट्टराइलाई लैजान पहल

अनुगमन समितिमा ने.का.ले पनि प्रतिनिधि परिवर्तन गर्ने सम्भावना, बद्रि भट्टराइलाई लैजान पहल

कपन अनलाइनगाविसको बजेटबाट हुने कामहरुको अनुगमन गर्न बनाइने अनुगमन समितिमा प्रतिनिधि परिवर्तन गर्न सिलसिलामा नेपाली कांग्रेस पनि अगाडि बढेको छ । अन्य पार्टीहरुले कपन क्षेत्रका सिनियर कार्यकर्ताहरुलाई हटाएर मध्यम खाले कार्यकर्ता पठाएपछि नेपाली कांग्रेसमा पनि परिवर्तन दवाबमा आएको हो । हालसम्म अनुगमन समितिमा ने.का.का तर्फबाट कपन उपसभापती टंक सापकोटा रहेकाछन् भने एमाले र एमाओवादीले हालै आफ्ना सदस्य परिवर्तन गर्नु अघि क्रमशः मिठाराम अधिकारी र संजय अर्याल अनुगमन समितिमा थिए । एमाले र एमाओवादीले हालै अनुगमन समितिमा राजु अधिकारी र मुरारी भण्डारीलाई पठाएपछि नेपाली कांग्रेसमा पनि दवाब आएको हो ।
यस सन्दर्भमा हाल ने.का. का तर्फबाट अनुगमन समिति सदस्य रहेका टंक सापकोटा स्वयम् पनि सकारात्मक छन् । उनले पार्टीले परिवर्तन गर्न चाहे हट्ने जनाएका छन् भने कपन ने.का. सभापति विनोद चालिसे पनि अनुगमन समितिमा परिवर्तन गर्न चाहेको जनाइरहेका छन् । तर समस्या ने.का. को तर्फबाट कसलाई लैजान भन्ने विषय बनेको छ । काम गर्ने तथा खट्न सक्नेमात्र नभई विपक्षी पार्टीहरुसँग प्रतिश्पर्धा पनि गर्न सक्ने व्यक्तिलाई छनौट गर्न कपन ने.का.ले सोचिरहेको बताइन्छ ।
यसैबीच सक्रिय युवा कार्यकर्ता एवम् नेतृत्वगर्ने क्षमता भएको व्यक्तिको रुपमा परिचित बद्रि भट्टराइलाई अनुगमन समितिमा लैजान पहल भएको छ । बद्रि भट्टराईका बारेमा अधिकांश कपन ने.का. का मानिसहरु सकारात्मक रहेको बताइन्छ । नेपाली कांग्रेस क्षेत्र नंं. ४ का उपसभापति केशव ढकाल अब युवा तथा खट्न सक्ने मानिसलाई लैजानु  राम्रो हुने बताउँछन् । उनी भन्छन् बद्रि भट्टराई सम्भावित उपयुक्त व्यक्ति हुन् । त्यसैगरी नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य सागर बैजु पनि अब नेपाली कांग्रेसले युवाहरुलाई मौका दिने बेला आएको बताउँदै अनुगमनमा बद्रि भट्टराई लैजानु उपयुक्त रहेको बताउँछन् । नेपाली कांग्रेस कपनका क्रियाशिल सदस्य राजुविक्रम थापालगायतका युवा  पनि बद्रि भट्टराई अनुगमनमा लैजान पहलमा जुटेका छन् ।

तपाइँको प्रतिक्रिया ।