कपन कांग्रेसले पनि चियापान समारोह आयोजना गर्यो

भाषण वा शक्ति प्रदर्शनभन्दा चाडपर्वको सद्भावतिर बढि ध्यान दिइएको कार्यक्रममा शुभकामना आदानप्रदानलाई प्राथमिकता दिइएको थियो ।

ग्राम शिक्षा मन्दिर उच्च माविको परिसरमा ने.का. कपनले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

अत्यन्त न्यून प्रचार तथा लो प्रोफाइल अतिथिका बीच आयोजना गरिएको कार्यक्रममा उपस्थितहरु पनि ९५ प्रतिशत कपनवासी कांग्रेसहरु नै थिए ।

 

चाडपर्वको अवसर पारेर चियापान र शुभकामना दिने कार्य अब विस्तारै परम्पराको रुप लिँदैछ । दशैं तिहारको अवसर पारेर गरिने यस्ता चियापान कार्यक्रममा सामान्यतया चियापान तथा शुभकामनालाई भन्दा राजनीतिक दाउपेचतिर दलहरु केन्द्रित हुने गरेका छन् । आफ्नो क्षेत्रभन्दा बाहिरबाट मानिसहरु बोलाएर भए पनि शक्ति प्रदर्शन गर्ने खालका यस्ता कार्यक्रममा सामन्यतया सस्तो चिया बिस्कुट र मंहगो भाषण सुनाइने गरिन्छ । यो हप्ता कपनमा भएको दुई चियापान कार्यक्रममा क्रममा यही स्वरुप देख्न पाइयो ।
चियापान कार्यक्रमलाई निरन्तरता दिने क्रममा कपन नेपाली कांग्रेसले पनि परम्परा निभाएको छ । कपन ६ मा रहेको कपनको सबैभन्दा पूरानो विद्यालय ग्राम शिक्षा मन्दिर उच्च माविको परिसरमा ने.का. कपनले आफ्नो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्यो । अत्यन्त न्यून प्रचार तथा लो प्रोफाइल अतिथिका बीच आयोजना गरिएको कार्यक्रममा उपस्थितहरु पनि ९५ प्रतिशत कपनवासी कांग्रेसहरु नै थिए ।
करिब १ घण्टामा सकिएको कार्यक्रममा करिब २०० को हाराहारीमा कांग्रेस समर्थकहरु उपस्थित थिए । भाषण वा शक्ति प्रदर्शनभन्दा चाडपर्वको सद्भावतिर बढि ध्यान दिइएको कार्यक्रममा शुभकामना आदानप्रदानलाई प्राथमिकता दिइएको थियो । मञ्चमा करिब १ दर्जनले आसन ग्रहण गरे पनि २ जना मात्र वत्ताले बोल्ने कार्यक्रम बनाइएको थियो ।
सौखिनहरुको पार्टी भनेर चिनिएको नेपाली कांग्रेसले भद्र र शालीन कार्यक्रम गर्ने क्रममा प्रमुख अतिथिको रुपमा क्षेत्र नं. ४ कै पूर्व सांसद सुप्रभा घिमिरेले आफ्नो सानो मन्तव्यमा शुभकामनाका भावहरुमात्र व्यक्त गरिन् । कपन कांग्रेसका अध्यक्ष विनोद चालिसेले कार्यक्रमलाई संक्षिप्त संबोधन क्रममा यस्ता कार्यक्रमले एकआपसमा आपसी सद्भाव र भाइचाराको भावना बढ्ने आसय व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया ।