फेसबुकभन्दा लोकप्रिय एप्सहरू

फेसबुकभन्दा लोकप्रिय एप्सहरू

कपन अनलाइनमंसिर १६, २०७१

पछिल्लो समय गरिएको एक सर्वेक्षणले किशोर किशोरीहरू फेसबुकभन्दा अरु सोसियल एप्सहरूमा व्यस्त रहने देखाएको छ । मार्केट रिसर्च कम्पनी ग्लोबल बेव इन्डेक्सले गरेको अध्ययनमा वर्तमानको युवापुस्ता फेशबुक सामाजिक सञ्जालभन्दा पनि ह्वाटएप्स, भाइबर, स्क्याप, मिग जस्ता एप्सहरूमा बढी समय बेतीत गर्ने गरेको जनाइएको छ । पछिल्लो समय फेसबुकमार्फत् उपलब्ध हुने एप्सहरूले प्रयोगकर्ताको व्यक्तिगत विवरण राख्ने गरेको भनी विवाद बढ्दै आएपछि सन् २०१५ को सुरुवातसँगै फेसबुकले पनि आफ्नो नीति एवं खुल्लापनमा केही परिवर्तन गर्ने जानकारी यसअघि नै गराइसकेको छ । ३२ देशमा गरिएको १,७०,००० किशोरकिशोरीमा गरिएको अध्ययनको क्रममा बेलायतमा मात्र १६ देखि १९ वर्षका ६६ प्रतिशत किशोरकिशोरी एप्सहरू चलाएर आफ्नो समय बेतित गर्ने कुरा अध्ययनकर्ता संस्था जिडब्लुआईले जनाएको छ ।

 

www.streetinsider.com नामक बेवसाइटले बताएअनुसार ३० प्रतिशत युवाहरू फेसबुकको प्रयोग कम गर्न थालेका छन् । किनकि उनीहरूका साथीहरू एप्सलाई बढी प्राथमिकता दिएर चलाउँछन् र साथीसँगको सम्बन्ध अनि कुराकानीका लागि उनीहरूले पनि एप्स नै प्रयोग गर्नुपर्ने भएको जनाए । पछिल्लो समय युवापुस्ता सोसियल नेटवर्किङ साइट फेसबुकमा भुलेका तथ्यहरू बाहिर आइरहेका बेला भएको यस खोजले फेसबुकभन्दा पनि समय बर्बादीको कारण स्मार्टफोनहरूमा सजिलै डाउनलोड र इन्स्टल गर्न सकिने सोसियल एप्सहरू रहेको खुलेको छ । फोटोहरू र पेजहरू चलाउन मात्र फेसबुक बढी प्रयोग हुने तर कुराकानी एवं साथीभाइको भेटघाटमा भने ह्वाटएप्स, मेसेन्जर, भाइबर बढी चल्तीमा रहेको अध्ययनहरूले देखाएका छन् ।

तपाइँको प्रतिक्रिया ।