कपन प्रहरीको न्यून सामाजिक कृयाशीलता

कपन अनलाइन८ कार्तिक, २०७१

बढ्दो जनसंख्या र अपराधको श्रृखला कपन क्षेत्रमा विगतको तुलनामा कम भएपनि सुरक्षा निकाय र नागरिक विचको सम्बन्ध प्रगाढ नबन्दा कपनको सुरक्षा निकाए सुस्त देखिएको छ । ठुला घटनाहरुको संख्यामा कमि आए पनि यस क्षेत्रका युवाहरु दिनप्रतिदिन विभिन्न घटनाहरुमा संलग्न रहने गरेको पाइन्छ । कहिले चोरी त कहिले मदिरा सेवन, अनि कहिले लागुपदार्थको सेवनमा यस क्षेत्रका युवाहरु कथित कारागारमा जाने गरेका छन् । कपनको शान्ति सुरक्षामा प्रहरी प्रशासनले   यस क्षेत्रका नागरीक समाज , महिला संघसंस्थाहरु तथा क्लबहरूसँग सहकार्य गर्न नसकेको गुनासो कपनमा पूरानो हो ।

विभिन्न स्थानमा सुरक्षा निकायको सक्रियतामा समाजिक क्रियाकलापहरु हुने गरेका छन तर कपन प्रहरीको त्यो कृयाशीलता  उल्लेखनीय देखिदैन ।  घटनामा हुन र घटना पश्चात अपराधीलाई कानुनले पक्राउ गर्नु एउटा पाटो तर समाजमा घटना नै हुन नदिनु र किसोर तथा युवा उमेरका व्यक्तिहरुलाई समाजिक क्रियाकलाप तर्फ आकर्षित गराउन सक्नु नै असल नेतृत्वको गुण हुने गर्दछ । आजभोली कपन प्रहरी प्रभागमा यस क्षेत्रका समाजसेवी एवम बुद्धिजिविहरु कमै मात्र देख्न पाइन्छ । समाजिक रुपमा कमजोर देखिएका पात्रहरु प्रहरी चौकी वरपर घुमिरहेका हुन्छन संगै आज पक्राउ परेका भनेका दोषी एवम गलत पात्रहरु पुन एक दुइ दिनमा कपन क्षेत्रमा देखिने गरेका छन् । लामो समयदेखि निर्माणधिन अवस्थामा रहेको कपन चौकी पनि पुर्ण रुपमा बन्न सकेको छैन तसर्थ १६००० हजार भन्दा बढि मतदाता रहेको र करिब ६० देखी ७० हजार सम्मको जनसंख्या रहेको यस गाविसमा सुरक्षाको प्रत्याभुति कारवाहि गर्ने तर्फ मात्र देखिएको छ ।

तपाइँको प्रतिक्रिया ।