युवासंघ  काठमाडौँ जिल्ला अधिवेसनको स्थगित बन्दसत्र आज हुदै

कपन  अनलाइन /मङ्सिर ८, २०७१

युवासंघ काठमाडौँ  जिल्लाकमिटिको  गत ५ गते तिनकुनेमा   स्थगन भएको बन्दसत्र आज बसुन्धरा स्थित एक पार्टी हलमा हुने भएको छ । आवश्यक तयारी नपुगेको भनि स्थगित गरिएको सो अधिवेशन अन्ततः दुवै गुटको समझदारीमा  आज हुन् लागेको हो ।

गएको बन्दसत्रले  युवा संघ नेपालका कार्यवाहक अध्यक्ष निरु पाल, महासचिव राजिब पहारी, सचिब किरण पौडेल,  रमेश पौडेल,  नरेश शाही,  अशोक चन्द, हस्त शाही काठमाडौं जिल्ला कमिटिका उपाध्यक्ष कृष्ण राई र युवा फाँट प्रमुख दीपक निरौला रहेको अध्यक्ष मण्डलले आफ्नू  गलामा अक्षमताको गलबन्दी बाँधी सकेको छ ।त्यतिबेला अध्यक्ष मण्डल का सदस्य  हरुनै गुट बन्दीमा लागेर भोट माग्न थालेपछि  बन्द सत्रमा हंगामा भएको थियो ।

यस अधिवेशनमा नेपाल सरकारका मन्त्रि तथा  युवा संघका अध्यक्ष महेश बस्नेतले नै तल्लो तहका कार्यकर्ताहरूलाई पेम्बा घलेका   पक्षमा मतदान गर्न उर्दी जारी गरेको कल रेकर्ड सुनाउँदै प्रतिनिधि हरूले भने अत्याधिक  हस्तक्षेप भयो ।

आसन्न एमालेको काठमाडौं  जिल्ला अधिवेशनको पूर्व अभ्यासका रूपमा यो अधिवेशनलाई हेरिएको हुँदा पनि  अनावश्यक चलखेल भएको देखिन्छ

योपनि हेर्नुहोस्

युवा संघ जिल्ला सम्मेलनमा गुटबन्दी सुरु

युवासंघ काठमाण्डु अधिवेशन; ओली नेपाल गुटको परीक्षा

तपाइँको प्रतिक्रिया ।