कतारले भुकम्पको अग्रीम जानकारी राख्ने

कपन अनलाइनमंसिर ८, २०७१

टेक्नोलोजीको दुनियाँमा कतार अब नयाँ उचाइमा पुगेको छ । दिनानुदिन बढ्दै गएको टेक्नोलोजीको विकाससँगै पछिल्लो समय कतारले छवटा सेस्मिक सेन्सरको प्रयोगबाट आफ्नो देशको सम्पूर्ण भू—भागको भित्रीको अवस्थाको अध्ययन गर्न सक्ने भएको छ । कतारको मौसम विज्ञान विभागका एक अधिकारीले दिएको जानकारी अनुसार सन् २०१३ मा इरानमा गएको भुकम्पको केही असर उक्त उपकरणले देखाएको थियो । कतारले अब भुकम्पको अग्रीम जानकारी एवम् व्यवस्थापनका लागि मौसम विभागको अनुगमनमा यस उपकरणको जडान गर्न लागेको रिपोर्टहरूमा बताइएको छ ।

 

त्यहाँका अधिकारीहरूले बताएअनुसार यसले भुकम्पको मापनमात्र नभई खाडी देशमा हुने कम्पनबारे जानकारी उपलब्ध गराउने जनाएका छन् । उनीहरूका अनुसार आगामी वर्षहरूमा अन्य २० वटा च्यानलहरू थपेर पूर्ण रुपमा भुकम्पको हानीनोक्सानीबाट बच्न सबै जनतालाई भुकम्प आउन लागेको पूर्व सूचना दिने उद्देश्य राखिएको बताएका छन् । भुकम्पबाट हुने जनधनको क्षति कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । समुद्री तटका कारण भूकम्पको जोखिम बढी रहेको कतारमा यस प्रविधी भित्रिनुले सबैलाई खुशी तुल्याएको छ ।

तपाइँको प्रतिक्रिया ।