हेर्दा फिल्मी तर साँच्चै विवाह

मंसिर९, २०७१बलिउडमा फिल्म रिलिजमा त्यति चर्चा नहोला तर स्टार सलमान खानकी बहिनी अर्पिताको विवाहले बलिउडमा धेरै ठाउँ पाएको छ । अर्पिताका बाबुलगायत दाजुहरू सबै बलिउडका हस्ती भएकै कारण पनि उनको विवाहले यति धेरै चर्चा पाएको हो । अर्कातर्फ आफू ४७ वर्ष पुगिसक्दा पनि विवाह नगरेकै कारण चर्चामा रहेका सलमान भने बहिनीको विवाहको लागि धुरन्धार लागिपरेका थिए । गत मंगलबार हैदरावादको एक होटलमा सम्पन्न अर्पिताको विवाहको रिसेप्सन पार्टी भने शुक्रबार मुम्बईको ताज होटलमा राखिएको थियो ।

 

उक्त पार्टीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत निमन्त्रणा गरिएको भएतापनि आफ्नो व्यस्त कार्यतालिकाका कारण मोदी पार्टीमा उपस्थित हुन नसकेको उच्च स्रोतले बतायो । पार्टीमा भारतका उद्योगपछि देखि लिएर बलिउडस्टारहरूको घुइँचो नै लागेको थियो ।

arpita

अमिर खान, ऋतिक रोशन, शाहरुख खान, प्रियंका चोपडा, गोविन्दा, अनिल कपुर, क्याट्रिना केफ, मुकेश अम्बानी, सोनाक्षी सिन्हा, दिया मिर्जा लगायतका चर्चित व्यक्तिहरू उपस्थित पार्टीले फिल्मलाई समेत छायाँमा पारेको बताइएको छ । स्टारहरूले भरिएको ताज होटलको उक्त वातावरण हेर्दा कुनै फिल्मी विवाह भएको जस्तो देखिन्थ्यो । विवाह हुनुपूर्व देखि नै मिडियामा देखिएका फोटो अनि निमन्त्रणालाई लिएर अर्पिताको विवाहको विषय झण्डै एकसाता चर्चामा रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।