सार्कका पाहुनालाई मदिरामा छुट

कपन अनलाइनमंसिर ८, २०७१

सार्क सम्मेलन नजिकिँदै जाँदा नेपालीहरू अचम्मित बनेका छन् । रातारात बनेका सडक संरचना, रङ्गरोगनले बेहुली झैँ सिँगारिएका बाटाछेउका घर अनि पर्खाल । राप्दै रूखको साइजका विरुवा अनि दुबोले भरिएको बाटो छेउ र बीचको ग्रीनबेल्ट । सधैँ धूलो, धुवाँले वाक्क नेपालीहरू अहिलेको सहरमा यूरोपको सडकमा हिँडेजस्तो भान आउने गरेको बताउन थालेका छन् । रात अफिसबाट घर फर्कँदा फोहोरको डङ्गुरले दुर्घन्धित ठाउँ भोलीपल्ट बिहान जाँदा पार्कको रुपरेखामा परिणत हुँदा जोकोही पनि अचम्मित हुन स्वभाविकै थियो ।पछिल्लो समय सार्क सम्मेलनको तयारीका लागि विकासको क्रम दिन दुगुना रात चौगुना भनेसावित भयो । गरे के चाहिँ नहुने रै छ ? आखिर जाँगरको खाँचो छ हो । सबै नेपालीको चियापसल, चोकजस्ता ठाउँमा हुने जमघटमा कुराकानी यसरी नै अगाडि आउँछ ।

 

हुँदा हुँदा पछिल्लो समय स्रोतहरूबाट आएको जानकारी अनुसार सार्कका पाहुना र कूटनीतिक नियोगका उच्च अधिकारीहरूलाई मदिरा खरिदमा १५ प्रतिशत छुट दिन लागेको थाहा पाउँदा त झन् आश्चर्यको सीमा नै रहेन जनताहरूमा । सार्कमा आउने पाउनका लागि विभिन्न विदेशी ब्राण्डका महँगा मदिराहरू भन्सार फ्रिमा ल्याउन लागेको स्रोतले बतायो । पाहुनाको रुचिअनुसार दुबईमा उत्पादन हुने मदिराहरू ल्याउन अर्डर दिइएको नेशनल ट्रेडिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहेताले जानकारी गराए ।

SAARC-logo

नेशनल ट्रेडिङले सार्कका पाहुनालाई मध्यनजर गर्दै शनिबारदेखि आउँदो सोमबारसम्म विशेष छुटमा मदिरा उपलब्ध गराउन लागेको हो । छुटमा उपलब्ध हुने मदिरा राजधानीका सीमित स्थानमा मात्र पाइने र उक्त मदिरा सार्कका पाहुनाकालागि मात्र छुटमा उपलब्ध हुने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।